Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण १७, शनिबार
  • जसपा नेपाल सप्तरीको निर्वाचन तालिका परिमार्जन

    १0 घण्टा अघि

    प्रभु बचत तथा ऋण सहकारीको १४औं वार्षिक उत्सव सम्पन्न

    १२ घण्टा अघि

    बिरेन्द्र झा र करुणा राईको स्वरमा ‘छोड्नु थियो छोडी गयौ’ सार्वजनिक

    १३ घण्टा अघि

    बन्दना र अमृतको स्वरमा जीवन र उत्सव झल्काउने तीज गीत सार्वजनिक

    १३ घण्टा अघि

    गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

    १७ घण्टा अघि

    जसपा नेपाल सप्तरीको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, साउन १७ गते चुनाव

    १ दिन अघि

    करेन्ट लागेर दम्पतिको मृत्यु : पीडित परिवारको घरमै पुगेर बीमा प्रक्रिया थाले प्रदेश सरकार

    १ दिन अघि

    सप्तरीमा बाढी पूर्वसूचना प्रणाली सुदृढ बनाउने तयारी

    १ दिन अघि

    सप्तरीको रम्पुरामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

    २ दिन अघि

    संविधानमा सबै समुदायको स्वामित्वका लागि संशोधन आवश्यकः अध्यक्ष यादव

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण १७, शनिबार
in
FLASH NEWS
  • १जसपा नेपाल सप्तरीको निर्वाचन तालिका परिमार्जन
  • २प्रभु बचत तथा ऋण सहकारीको १४औं वार्षिक उत्सव सम्पन्न
  • ३बिरेन्द्र झा र करुणा राईको स्वरमा ‘छोड्नु थियो छोडी गयौ’ सार्वजनिक
  • ४बन्दना र अमृतको स्वरमा जीवन र उत्सव झल्काउने तीज गीत सार्वजनिक
  • ५गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?
  • ६जसपा नेपाल सप्तरीको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, साउन १७ गते चुनाव
  • ७करेन्ट लागेर दम्पतिको मृत्यु : पीडित परिवारको घरमै पुगेर बीमा प्रक्रिया थाले प्रदेश सरकार
  • ८सप्तरीमा बाढी पूर्वसूचना प्रणाली सुदृढ बनाउने तयारी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा बाढी पूर्वसूचना प्रणाली सुदृढ बनाउने तयारी

  • चन्दन यादब
  • २०८२ श्रावण १५, बिहिबार (१ दिन अघि)

  • राजविराज । हरेक वर्ष बाढी र डुबानका कारण सप्तरी जिल्लाका विभिन्न क्षेत्र प्रभावित हुँदै जनधनको ठूलो क्षति हुने गरेको छ । यस्तो क्षति न्यूनीकरण गर्न बाढीसम्बन्धी पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउने पहल थालिएको छ ।

    सबल नेपाल र ईसिमोडको सहकार्यमा सप्तरीमा हाल कार्यान्वयनमा रहेका सूचना प्रणालीलाई सुदृढ बनाउँदै क्षति तथा जोखिम न्यूनीकरण गर्ने लक्ष्यसहित तयारी सुरु गरिएको हो ।

    यसै सन्दर्भमा बिहीबार राजविराजमा सबल नेपाल तथा ईसिमोडको सहयोगमा आयोजित एकदिने कार्यशाला गोष्ठीमा प्रारम्भिक चेतावनी प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक पहलहरूबारे छलफल गरिएको थियो । कार्यशालामा समुदायमा आधारित चेतावनी प्रणाली र ईसिमोडले विकास गरेको प्रणालीबीच एकीकरण गर्ने उपायमा विशेष ध्यान केन्द्रित गरियो ।

    खाडो नदीमा आउने वार्षिक बाढीबाट बच्न रूपनी गाउँपालिका, राजविराज नगरपालिका, र तिलाठी कोईलाडी गाउँपालिकाका क्षेत्रमा मोबाइल एसएमएसमार्फत समुदायस्तरसम्म समयमै सूचना पुर्‍याउनु अत्यावश्यक रहेको सहभागीहरूले बताए ।

    तिलाठी कोईलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाका अनुसार, प्रत्येक वर्ष खाडो नदीको बाढीले लाखौँको जनधनको क्षति पुर्‍याउँदै आएको छ। यदि सूचना प्रणालीलाई प्रभावकारी बनाइयो भने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

    यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरि बाढीबाट अति प्रभावित तथा जोखिमयुक्त क्षेत्रहरूको नक्साङ्कन गरेर पूर्वसूचना प्रदान गर्ने कार्ययोजना तयार गरिरहेको जानकारी दिइएको छ । जोखिममा रहेका स्थानहरूको यकिन विवरणपछि सम्बन्धित स्थानीय तहमार्फत विपद्का सम्भावित असरबारे बासिन्दालाई जानकारी गराइने छ ।

    उक्त कार्यशालामा रेडक्रस सोसाइटी शाखा सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, भलुवाही गणका सेनानी लवजंग थापा, ईसिमोडका डा. राजेश बहादुर थापा, हाइड्रोलोजिस्ट मनिष श्रेष्ठ, राजविराज नगरपालिकाकी महिला विकास अधिकृत अनिता चौधरी, महादेवा गाउँपालिकाका विपद् व्यवस्थापन स्रोत व्यक्ति कमल खत्री, र जिल्ला युवा सञ्जालका अध्यक्ष त्रिवेणी यादवले प्रभावकारी सूचना प्रणालीमार्फत नागरिकलाई सुरक्षित र सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

    सबल नेपालका उपाध्यक्ष भूपेश साहको अध्यक्षतामा सम्पन्न कार्यशालामा डा. राजेश बहादुर थापा, शैलेन्द्र शाक्य, निर्देशक दीपक झा, वरिष्ठ प्रबन्धक अशोक साहलगायतले सहजीकरण गरेका थिए ।

    कार्यक्रममा रूपनी गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, राजविराज नगरपालिका, विपद् व्यवस्थापन शाखा, जेईडिसी, युवा सञ्जाल, बाल सञ्जाललगायत संस्थाको सक्रिय सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    संविधानमा सबै समुदायको स्वामित्वका लागि संशोधन आवश्यकः अध्यक्ष यादव

    भारत तस्करीको तयारीमा राखिएको ठूलो परिमाणको मदिरा सप्तरीबाट बरामद

    मधेश सरकारद्वारा ऐतिहासिक बीमा कार्यक्रम सुरु, नागरिक सुरक्षा प्रणालीमा नयाँ युगको सुरुवात

    बिग्रिएका पम्प सञ्चालनमा ल्याउन प्रजिअ दाहालको निर्देशन

    मुख्यमन्त्री सिंहद्वारा मधुश्रावणी पर्वको अवसरमा मिथिलावासीलाई शुभकामना

    जनकपुरधाममा सम्पन्न प्रेस जनमत संघको केन्द्रीय बैठकबाट ‘जनकपुरधाम घोषणा पत्र २०८२’ जारी

    ताजा अपडेट
    १

    जसपा नेपाल सप्तरीको निर्वाचन तालिका परिमार्जन

    २

    प्रभु बचत तथा ऋण सहकारीको १४औं वार्षिक उत्सव सम्पन्न

    ३

    बिरेन्द्र झा र करुणा राईको स्वरमा ‘छोड्नु थियो छोडी गयौ’ सार्वजनिक

    ४

    बन्दना र अमृतको स्वरमा जीवन र उत्सव झल्काउने तीज गीत सार्वजनिक

    ५

    गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

    ६

    जसपा नेपाल सप्तरीको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, साउन १७ गते चुनाव

    ७

    करेन्ट लागेर दम्पतिको मृत्यु : पीडित परिवारको घरमै पुगेर बीमा प्रक्रिया थाले प्रदेश सरकार

    ८

    सप्तरीमा बाढी पूर्वसूचना प्रणाली सुदृढ बनाउने तयारी

    ९

    सप्तरीको रम्पुरामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

    १०

    संविधानमा सबै समुदायको स्वामित्वका लागि संशोधन आवश्यकः अध्यक्ष यादव

    समाचार
    थप

    गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution