रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य (एमसिएच) क्लिनिक र चमेना गृहको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले सरकारी अस्पतालप्रति आम नागरिकको विश्वास बढाउन आवश्यक रहेको उल्लेख गर्दै न्यूनतम खर्चमा गुणस्तरयुक्त स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए । साथै, गौर प्रादेशिक अस्पतालमा नर्सिङ शिक्षा सुरु गर्न पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनीहरूले गैरकानुनी रूपमा सञ्चालित केही निजी अस्पताललाई अनुगमनमार्फत बन्द गराइएको र धेरैले अझै मापदण्ड पूरा नगरेको जानकारी पनि दिए ।
सो अवसरमा स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले संघीयता अघि र पछि अस्पताल सेवामा देखिएको सुधारबारे प्रकाश पार्दै प्रदेश सरकार मधेशलाई स्वस्थ्य बनाउने लक्ष्यका साथ काम गरिरहेको बताए । स्वास्थ्य सचिव डा. प्रमोद यादवले प्रादेशिक अस्पतालहरू सुधारको नमुना बन्दै गएको र मन्त्रालयले सबै अस्पतालको समान रूपमा विकासमा ध्यान दिइरहेको बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |