राजविराज । सप्तरीको राजविराज कारागारमा मंगलबार दिउँसो कैदीबन्दीले कारागारमै आगो लगाउँदा ठूलो घटना भएको छ । आगलागीको क्रममा करिब १ सयभन्दा बढी कैदी फरार भएका छन् ।
जेलर गंगालाल यागीका अनुसार कारागारमा हाल ३९८ जना कैदीबन्दी रहेकामा सो मध्ये १ सयभन्दा बढी कैदी फरार भएको पुष्टि भएको छ । “आगो नियन्त्रणमा लिन तथा सुरक्षाका लागि नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन गरिएको छ,” यागीले बताए ।
फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ। यसबीचमा दुई जना फरार कैदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कारागारभित्र अहिले नेपाली सेनाले कडा सुरक्षा दिएको छ भने आगलागीबाट कारागारको संरचना पनि क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ । घटना कसरी सुरु भयो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |