राजविराज । सप्तरी कारागारबाट भागेका कैदीमध्ये ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडेर ३९७ मध्ये २०५ जना कैदी फरार भएका थिए । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ८२ जनालाई नियन्त्रणमा लिएको छ । साथै, झुम्का कारागार (सुनसरी)बाट भागेका ६ जना र नख्खु कारागारबाट भागेका २ जनासहित हालसम्म कुल ९० जना पक्राउ परेका छन् ।
हालसम्म राजविराज कारागारका १२३ जना कैदी अझै फरार रहेका छन् र उनीहरूको खोजी तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन् । उनका अनुसार भारतको बिहार राज्यसँग जोडिएका विभिन्न नाकामा समेत खोजी अभियानलाई थप सक्रिय बनाइएको छ ।
सुरक्षालाई ध्यानमा राख्दै राजविराज कारागार परिसरमा कर्फ्यू जारी गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |