राजबिराज । सप्तरीमा विदाको समयमा अत्यावश्यक काम बाहेक सरकारी गाडी प्रयोग गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार एक सूचना जारी गर्दै विदा दिनमा सरकारी सवारी साधनको दुरुपयोग रोक्न यस्तो व्यवस्था लागू गरेको हो ।
प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानको हस्ताक्षरमा जारी सूचनामा कार्यालयका अति आवश्यक कामकाज बाहेक सरकारी गाडी प्रयोग नगर्न अनुरोध गरिएको छ । साथै, सरकारी गाडी प्रयोग गर्दा अनिवार्य रूपमा सवारी पास अनुमतिसहित मात्र प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
अनुमतिविना सवारी प्रयोग गरिएमा सोको सम्पूर्ण जिम्मेवारी कार्यालय प्रमुख स्वयंले लिनुपर्ने सूचनामा स्पष्ट गरिएको छ । त्यस्तै, सरकारी गाडी दुरुपयोग भएको पाइएमा कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |