राजबिराज । सप्तरीको बलानबिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक परेको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनका छोरा प्रिन्स यादवको आज बिहान करिब ४ बजे आफ्नै निवासमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उपचारको क्रममा रहे पनि स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि प्रिन्सको निधन भएको जनाइएको छ ।
उनको निधनले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, समाजसेवी र सर्वसाधारणमा गहिरो शोक छाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |