जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद जितेन्द्र सोनल मधेस प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बुधबार सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । उनलाई सोही दिन प्रदेश प्रमुखको कार्यालयबाट औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गरिएको थियो ।
अब सोनलले संविधानमा तोकिएको समयसीमाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ ।
सोनल यसअघि पनि मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा कार्यरत रहीसकेका छन् । उनी मधेस प्रदेशको राजनीति तथा नीति निर्माणमा लामो समयदेखि सक्रिय नेताका रूपमा परिचित छन् ।
हाल मधेस प्रदेशमा विभिन्न दलबीच भइरहेको सत्ता समीकरणको नयाँ रूपरेखाअनुसार सोनलको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |