Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ११ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १३ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

  • Memo Khabar
  • २०८२ कार्तिक ५, बुधबार (३ महिना अघि)

  • राजबिराज । राजबिराजस्थित यादब सेवा समिति केन्द्रीय कार्यालयले गोवर्धन पूजाको अवसरमा २९औं वार्षिक साधारण सभाको आयोजना गर्दै विभिन्न क्षेत्रमा योगदान पु-याएका दर्जनौं व्यक्तिहरूलाई सम्मान गरेको छ ।

    बुधबार राजबिराज वडा नम्बर ९ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा समाजमा पुर्‍याइएको योगदानको उच्च कदर गर्दै मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, विभिन्न पालिकाका उपप्रमुखहरू, शिक्षक, पत्रकार, अधिवक्ता तथा समाजसेवीहरूलाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

    कार्यक्रममा यादब सेवा समितिका अध्यक्ष गंगाराम यादवले सम्मानित व्यक्तिहरूलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका थिए । सम्मानित हुनेहरूमा जिल्ला समन्वय समितिका उपप्रमुख शंभु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा कुमारी यादव, बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष रेनु यादव, महादेवा गाउँपालिकाकी अध्यक्ष अर्चना यादव, छिन्मस्ता गाउँपालिकाकी राजुदेवी यादव, तिरहुत गाउँपालिकाकी बिना यादव, बलान–बिहुल गाउँपालिकाकी उपाध्यक्ष रेनु यादव तथा हनुमाननगर–कंकालनी नगरपालिकाकी उपप्रमुख सरिता देवी यादव (सिपलिया) रहेका थिए ।

    पत्रकारिता क्षेत्रमा योगदान पु-याउने व्यक्तिहरूमध्ये सप्तरी टाइम्स तथा मेमो खबर अनलाइनका सम्पादक चन्दनकुमार यादवलाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो । शिक्षा तथा बृद्विजीवी क्षेत्रमा डा. कालिप्रसाद यादव, डा. सत्यनारायण यादव, अवकाशप्राप्त शिक्षक नागेन्द्रप्रसाद यादव तथा शिक्षक महासंघका प्रदेश अध्यक्ष परशुराम यादवलाई सम्मान गरिएको थियो । त्यस्तै समाजसेवी तर्फ छिन्मस्ता डायरी उद्योगका सञ्चालक सुरेन्द्रप्रसाद शर्मा, कथावाचक पण्डित शास्त्री रामकृष्ण यादव, मैथिली गायक सोनु कुमार, केशव कर्ण तथा न्यु अफसेट प्रेसका बालेश्वर यादव सम्मानित भएका थिए ।

    कानुनी क्षेत्रमा अधिवक्ता तथा पुनरावेदन बार एशोसिएसन इकाई अध्यक्ष हरेराम यादव, लेखापढी कानुन व्यवसायी इकाई अध्यक्ष श्रीलाल यादव, सचिव बद्रीनारायण यादव, बसन्त यादव र सुदीप यादवलाई सम्मान गरिएको थियो। त्यस्तै मन्दिरका महिला मण्डली तर्फ मिना वर्मा र चन्देश्वरी देवी यादवलाई पनि सम्मान प्रदान गरिएको थियो ।

    कार्यक्रममा मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादवले यादब समुदायभित्र देखिएका विकृति र कुरीतिहरू अन्त्य गरी समाजको विकास र उत्थानमा सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले बालबालिका तथा युवाहरूमाथि कुलतको असर बढ्दै गएको भन्दै चेतनामूलक कार्यक्रम सञ्चालन गर्न समितिलाई आग्रह गरे ।

    पूर्वमन्त्री तथा संविधानसभा सदस्य उमेश यादवले यादब समुदायले देशका आन्दोलन र अधिकार प्राप्तिमा ऐतिहासिक भूमिका खेलेको स्मरण गर्दै, आजका युवाहरू गलत गतिविधि र कुलतमा फसेकोले सुधारका लागि समितिले अग्रणी भूमिका लिनुपर्नेमा जोड दिए। रूपनी गाउँपालिका अध्यक्ष दिनेश यादवले सप्तरीमा यादब समुदायको ऐतिहासिक पहिचान हराउँदै गएको भन्दै यसको संरक्षण, संवर्द्धन र उत्थानका लागि समितिले ठोस कदम चाल्नुपर्ने धारणा राखे ।

    डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा यादवले महिलाको हक, हित र अधिकार सुनिश्चितताका लागि समितिले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन् । त्यस्तै महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवले बालबालिका गलत बाटोतर्फ आकर्षित हुँदै गएको भन्दै अभिभावक र समितिले संयुक्त रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

    यादब सेवा समितिका अध्यक्ष गंगाराम यादवको अध्यक्षतामा सम्पन्न सभामा पूर्वमन्त्री उमेश यादव, प्रदेशसभा सदस्य अनिरुद्ध यादव, जिल्ला समन्वय इकाई उपप्रमुख शंभु यादव, समितिका पूर्व महासचिव अशोक यादव, संयोजक मुसहर यादव, पूर्वअध्यक्ष भीमराज यादव, शिक्षक परशुराम यादव, अधिवक्ता हरेराम यादव, श्रीलाल यादव, पण्डित शास्त्री रामकृष्ण यादव र समाजसेवी रामदेव यादवलगायतले समाज विकास र विकृति अन्त्यका लागि समितिको भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए ।

    उक्त अवसरमा महासचिव महेन्द्र प्रसाद यादवले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम महासचिव यादवकै सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव ब्रह्मदेव यादवले स्वागत मन्तव्य दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution