







Memo Khabar
राजविराज । छिन्नमस्ता गाउँपालिका–५, लोखरममा फैलिएको झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
मंगलबार फेर मेडको सहयोगमा, छिन्नमस्ता गाउँपालिकाको समन्वय तथा सबल नेपालको आयोजनामा सरसफाइ तथा स्वास्थ्यजन्य जोखिम नियन्त्रण अभियान सुरू गरिएको हो ।
अभियान अन्तर्गत लोखरमका दुई बस्तीका करिब ८५ घरधुरीलाई हात धुने सही तरिका, खानेपानी शुद्धिकरण विधि, सरसफाइसम्बन्धी महत्वपूर्ण जानकारी दिइएको सबल नेपालका सिनियर म्यानेजर अशोक कुमार साहले जानकारी दिए। साथै वातावरणमैत्री सरसफाइ अभ्यासहरू पनि गराइएको उनले बताए ।
अभियानमा सबल नेपालका ८ जना स्वयंसेवक, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा स्वास्थ्य इन्चार्जहरूको समेत सक्रिय सहयोग रहेकोछ ।
लोखरममा झाडापखालाका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । हाल त्यही बस्तीको सदाटोलमा हैजा संक्रमण पुष्टि भइसकेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |