







Memo Khabar 
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा डा. सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गरेको छ । यसअघि प्रदेश प्रमुख रहेकी सुमित्रा भण्डारी सुवेदीलाई हटाउने निर्णय गरिएको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुखका रूपमा कर्णलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
मधेशमा हाल देखिएको सत्ता–राजनीतिक विवादमा प्रदेश प्रमुख सुवेदी विवादमा तानिएपछि सरकारले उनलाई हटाउने सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेको हो ।
डा. कर्ण राजनीतिक विश्लेषक तथा मधेश मामिलाका जानकार हुन् । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् र सन् २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यका रूपमा समेत काम गरेका थिए ।
उनको शैक्षिक र नीतिगत अनुभवका कारण मधेश प्रदेशको नेतृत्वमा स्थायित्व र सन्तुलन ल्याउने प्रयासका रूपमा उनको नियुक्ति हेरिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |