







Memo Khabar 
राजविराज । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा आइतबार साँझ भएको हातपात र तोडफोड प्रकरणमा संलग्न चार जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको छ ।
अस्पतालको नवजात शिशु सघन कक्ष (एनआईसीयू) मा विद्युत् सर्ट भई एलईडी लाइट खसेर शिशु घाइते भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड र आगजनी गर्दै निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिप साहमाथि समेत हातपात गरेका थिए ।
प्रहरीका अनुसार घटनापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनामा संलग्न रहेको आरोपमा राजविराज नगरपालिका–४ का २४ वर्षीय उदय ठाकुर, सोही ठाउँका २४ वर्षीय विनित चौहान, विष्णुपुर गाउँपालिका–६ का ५० वर्षीय प्रमेश्वर यादव र सोही ठाउँका २५ वर्षीय रमन यादवलाई पक्राउ गरेको छ ।
चारै जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिएका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |