







चन्दन यादब 
राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाका लक्षित किसानलाई कृषि सामग्री वितरण गरिएको छ ।
कतार च्यारिटीको आर्थिक सहयोग र सामुदायिक जीवन केन्द्र नेपालको सहकार्यमा नगरपालिकाको वडा नं. १, २ र ६ का कृषकलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। नगर प्रमुख विरेन्द्र माझीले कृषि सामग्री वितरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
किसानलाई आत्मनिर्भर बनाउँदै आय–आर्जनमा वृद्धि गर्ने उद्देश्यसहित ६ बोरा कुखुरा दाना, ४५० वटा कुखुराका चल्ला तथा कुखुरा पालनका लागि आवश्यक विभिन्न सामग्री प्रदान गरिएको छ ।
त्यससँगै, शेड निर्माणका लागि ६ वटा सिम्प्ली जस्ता पाता, जस्ताका क्याङ्गी, तार तथा अन्य आवश्यक सामान समेत वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |