Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २२, बिहिबार
  • उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ४ घण्टा अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ७ घण्टा अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २२ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २ दिन अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    २ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    २ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २२, बिहिबार
in
FLASH NEWS
  • १उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ३विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ४मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • ५पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • ६‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • ७झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ८उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • २३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

  • चन्दन यादब
  • २०८२ मंसिर २६, शुक्रबार (१ महिना अघि)

  • राजविराज । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संविधान घोषणा प्रक्रियादेखि मधेसमा भएको ‘दमन’ र मधेसी जनताको बलिदानलाई उपेक्षा गरिएको आरोप लगाएका छन् ।

    शुक्रवार राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्यसमिति, सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो आरोप लगाए ।

    पूर्वमन्त्री महतोले माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन एमाले नेता माधवकुमार नेपालको भूमिकालाई प्रश्न उठाउँदै भने, “संविधान निर्माणका बेला हामीले जनताको मत र सहिदहरूको रगत सम्झायौँ। तर घोषणा हुने बित्तिकै त्यही संविधानकै नाममा मधेसमा गोली चलाइयो। दिवाली मनाउनुको सट्टा मधेसले सहिदको रगत देख्यो ।”

    उनले जेनजी आन्दोलनले मुलुकमा ल्याएको परिवर्तनलाई संस्थागत गर्न अन्तरिम संविधानमार्फत संरचनागत रूपान्तरण आवश्यक रहेको उल्लेख गरे ।

    महतोका अनुसार पुराना दलहरू भ्रष्टाचार, अनियमितता नियन्त्रण र सुशासन कायम गर्न गम्भीर देखिएका छैनन् । उनले अहिले ‘पुरानो संसदलाई पुनर्जीवन दिने षड्यन्त्र चलिरहेको’ आरोप लगाए ।

    युवा पुस्ताको माग पूरा गर्न सुशिला कार्कीको नेतृत्वमा बनेको सरकार पनि प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो । दमन र विभेदको विरुद्धमा विचारसहितको विकल्पका रूपमा ‘राष्ट्रिय मुक्ति पार्टी नै वास्तविक विकल्प’ रहेको दाबी उनले गरे ।

    महतोका अनुसार मधेसका विभिन्न स्थानमा सहिद भएका आधा–दर्जनभन्दा बढी व्यक्तिहरू राजधानीबाट आएका आदेशकै कारण पर्ने दमनको परिणाम थिए ।

    उन्होंने भने, “शोकसभामा सातै दलका नेता आए। तर त्यही जनसभा वा गाउँसभामा जनताले एक स्वरमा भने – ‘अब एक पार्टी बनाऊ, एक ब्यानर बनाऊ, एक आन्दोलन चलाऊ।’ त्यो आदेश मधेसकै आदेश थियो ।”

    मधेसवादी शक्तिलाई एकजुट गर्ने प्रयास

    महतोका अनुसार जनताको यही आदेशपछि आफूहरूले कठिनाइबीच मधेसका विभिन्न समूह र दललाई एक ठाउँमा ल्याउने अभियान शुरू गरे। “छवटा साना समूह, मधेसवादी दलहरू, उपेन्द्र यादवको पार्टी, बाबूराम भट्टराईको पक्ष – सबैलाई एक ठाउँमा ल्याउने प्रक्रिया थाल्यौँ। अन्ततः जनता समाजवादी पार्टी (जसपा) निर्माण गरियो,” उनले स्मरण गरे ।

    जसपा गठनपछि पहिचान, अधिकार र जनस्वाभिमानका मुद्दा सडकदेखि सदनसम्म एकताबद्ध रूपमा उठाइने अपेक्षा थियो । “जनताको आदेशलाई प्राथमिकता दिँदै पुराना नाम, पद र पार्टी पहिचानसम्म त्यागेका थियौँ,” महतोले बताए ।

    नयाँ संरचना, तर पुरानै विवादले बाधक

    उनका अनुसार मधेसवादी शक्तिलाई एक बनाउने अभियान शुरु भएको केही समयमै पार्टीभित्रै विभाजनको प्रवृत्ति देखापर्‍यो ।
    “पार्टीभित्र नै समूह बनाउने, विभाजनका लागि निर्वाचन आयोग धाउने प्रवृत्तिले जसपाको उद्देश्यलाई कमजोर बनाइदियो,” महतोले भने ।

    त्यसपछि ‘राष्ट्रिय जनता पार्टी’को नयाँ संरचना बनाउन खोज्दा पनि आन्तरिक विवादकै कारण यात्रा लामो भएको उनले बताए ।

    राष्ट्रिय मुक्ति क्रान्ति : अधिकारविहीन आवाजहरूको साझा मोर्चा

    महतोका अनुसार मधेस आन्दोलन, दलित आन्दोलन, जनजाति आन्दोलन- यी सबै अलग–अलग संघर्ष नभई समान उद्देश्यका आन्दोलन हुन् ।
    “यी सबैलाई एकीकृत गरी राष्ट्रिय मुक्ति क्रान्ति सञ्चालन गर्न जनताले आदेश दिएका छन्,” उनले स्पष्ट पारे ।

    उनका अनुसार नयाँ राजनीतिक यात्रा पद, नाम वा प्रतिष्ठाका लागि नभई जनताको सम्मान र पहिचानका लागि हो।

    ‘एक्लै हिँड्नुपरे पनि आन्दोलन रोकिन्न’

    महतोले लोसपा हुँदै फेरि एक्लै राजनीतिक यात्रा अघि बढाउनुपरेको कारण जनभावनाबाट टाढा नहुनुपर्ने आवश्यकतासम्पन्न निर्णय रहेको बताए ।
    “फागुनमा काठमाडौंबाट एक्लै यात्रा शुरू गरेँ। तर महाकालीदेखि मेचीसम्म आदिवासी, दलित, जनजाति, मधेसी सबैले भने – ‘विकल्प बन, आन्दोलन थाल,’” महतोले सुनाए ।

    ‘जनताको आदेशपालन नै मेरो राजनीति’

    महतोले अन्त्यमा भने- “मधेसका सहिदको रगत र जनताको आदेशले नै आजको राष्ट्रिय मुक्ति पार्टी निर्माण भएको हो । जुनसुकै विवाद आए पनि जनताको सम्मान, पहिचान र अधिकारका लागि संघर्ष रोकिँदैन ।”

    तिवाडी प्रवेश

    सो पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रीय सदस्य विकास तिवाडीले पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका थिए । अध्यक्ष राजेन्द्र महतोले उनलाई फुलमाला लगाएर पार्टी प्रवेश गराएका थिए ।

    कार्यक्रममा पार्टी नेता सन्तोष मेहता, गजेन्द्र मण्डल, सिताराम मण्डल, जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीलगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ३

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ४

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ५

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ६

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ७

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ८

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ९

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १०

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    समाचार
    थप

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution