Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २२, बिहिबार
  • उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ४ घण्टा अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ७ घण्टा अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २२ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २ दिन अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    २ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    २ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २२, बिहिबार
in
FLASH NEWS
  • १उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ३विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ४मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • ५पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • ६‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • ७झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ८उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • २१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

  • चन्दन यादब
  • २०८२ पौष ३, बिहिबार (१ महिना अघि)

  • सिरहा । मिडियाको संरक्षण, विज्ञापन नीति, पत्रकारको सुरक्षा, आचारसंहिता तथा सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सञ्चारकर्मीहरूले जोड दिएका छन् ।

    बिहीबार सिरहाको लहानमा मिडिया काउन्सिलद्वारा आयोजित ‘सञ्चार माध्यमको अवस्था र चुनौती’ विषयक एकदिने गोष्ठीमा वक्ताहरूले उक्त आवश्यकता औंल्याएका हुन् ।

    कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जिवछी यादवले लोकतन्त्र स्थापनामा सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पत्रकारहरूको पेशागत हित, सेवा–सुविधा तथा सुरक्षाका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । उनले पत्रकारिताको विकासका लागि मधेश प्रदेश सभाबाट आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

    आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडगाले पत्रकारितामा देखिएका विकृति अन्त्य गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले देशमा परिवर्तन ल्याउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण भए पनि सरकार र राजनीतिक दलहरूले पत्रकारको विकास र सुरक्षालाई पर्याप्त रूपमा आत्मसात् नगरेको गुनासो गरे ।

    मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले पत्रकारिता र पत्रकारलाई मर्यादित बनाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। पत्रकारको दक्षता, क्षमता विकास र सञ्चार माध्यमको सशक्तीकरणका लागि मिडिया काउन्सिल गठन गरिएको उनले स्पष्ट पारे ।

    नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले मिडियालाई जीवन्त राख्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले गम्भीर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। विज्ञापनको स्थायी स्रोत नहुँदा पत्रपत्रिकाको आर्थिक अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै उनले लोककल्याणकारी विज्ञापनको सुविधा बढाउन माग गरे ।

    अध्यक्ष देवले अहिले प्रविधिको दुरुपयोग गर्दै मोबाइल बोकेर जथाभावी पत्रकारको नाममा धम्की दिने, रकम नदिए भिडियो वा फोटो सार्वजनिक गर्ने र आचारसंहिताको पालना नगर्ने व्यक्तिहरू सक्रिय भएको उल्लेख गर्दै त्यस्ता मिडिया र व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिए । सरकारी तथा सार्वजनिक सूचना सहज रूपमा उपलब्ध नहुँदा समस्या हुने गरेको गुनासो समेत उनले राखे ।

    प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले कुनै दल वा पार्टीमा नलागी निष्पक्ष र स्वतन्त्र रूपमा पत्रकारिता गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । सप्तरीका पूर्व अध्यक्षसमेत रहेका झाले पत्रकारको सीप र क्षमता विकास, सुरक्षा, पेशागत हकको ग्यारेन्टी तथा पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।

    सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले मधेश प्रदेश र स्थानीय सरकारले पत्रकारिता क्षेत्रलाई आफ्नै अंगका रूपमा नस्वीकार्दासम्म मधेशको पत्रकारिता विकास सम्भव नहुने जिकिर गरे ।

    गोष्ठीमा सञ्चारकर्मी विनय कर्णले पत्रकारितामा नीतिगत सुधार आवश्यक रहेको, योग्यताको आधारमा मापदण्ड बनाएर पत्रकार र सञ्चार माध्यमको वर्गीकरण गर्नुपर्ने तथा पत्रकारलाई लाइसेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा मधेश प्रदेश सरकारअन्तर्गत आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडगा, मिडिया काउन्सिल सदस्य रिंकु मिश्र, आम सञ्चार प्राधिकरण सदस्य नवीन गुप्ता, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता लगायत सिरहा र सप्तरीका दर्जनौं सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ३

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ४

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ५

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ६

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ७

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ८

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ९

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १०

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    समाचार
    थप

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution