







चन्दन यादब 
राजविराज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरीको राजविराज नगरपालिका वडा नं. १२ र १३ जोड्ने सिगियौन–खाँडो नदी हुलाकी सडकको सोमबार शिलान्यास गरेका छन् ।
‘एक प्रादेशिक निर्वाचन क्षेत्र–एक सडक’ कार्यक्रमअन्तर्गत प्रदेश सरकारको कुल १५ करोड ६८ लाख ३३ हजार ३ सय ४१ रुपैयाँ ४९ पैसा लागतमा उक्त सडक निर्माण गर्न डि एण्ड एस केभी जेभी, काठमाडौंसँग २०८२ असार २० गते सम्झौता गरिएको हो ।
सम्झौता अनुसार २०८४ असार १९ गतेभित्र सडक निर्माण कार्य सम्पन्न हुने पूर्वाधार विकास कार्यालय सप्तरी, राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिनुभयो । झाका अनुसार सडक बस्ती क्षेत्रमा ८ मिटर र खुला क्षेत्रमा १० मिटर चौडाइमा कालोपत्रे गरिनेछ ।
एक प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर सडक निर्माण गर्ने योजनाअन्तर्गत सप्तरी क्षेत्र नं. २ (२) का लागि उक्त सडक निर्माण सुरु गरिएको हो। सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहजता आउने स्थानीयवासीहरूले विश्वास व्यक्त गरेका छन् ।
शिलान्यास कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. जयकान्त राउत, मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादव, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविण, पूर्वाधार विकास कार्यालय सप्तरीका प्रमुख कृष्णदेव झा, जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साह, प्रचार–प्रसार प्रमुख उपेन्द्र साह, जसपा नेपालका नेता लक्ष्मण यादव, राजविराजका विभिन्न वडाध्यक्ष, राजनीतिककर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |