







भूषण सिहं 
राजविराज । मैथिली साहित्य र संगीत क्षेत्रमा नयाँ सृजनाको थप हुँदै देवेन्द्र मिश्रद्वारा रचित मैथिली गीत ‘सरबैत आईख’ सार्वजनिक गरिएको छ ।
गीतलाई लोकप्रिय मैथिली गायक तेजु मैथिली ले स्वर दिएका छन् भने संगीत संयोजन पनि तेजु मैथिलीले नै गरेका हुन् ।
गीतमा प्रेम, पीडा र भित्री चोटको भावनालाई गहिरो रूपमा प्रस्तुत गरिएको छ । आँखाबाट बगिरहेको आँसु र मनभित्रको घाउलाई प्रतीकात्मक ढंगले गीतमा समेटिएको छ । “चोट भीतर में छल घा पाकल छलै” जस्ता पंक्तिहरूले भावनात्मक वेदनालाई सशक्त रूपमा उजागर गर्छ ।
गीत भिजन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ । शब्द, स्वर र संगीतको संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको संगीतप्रेमीहरूको प्रतिक्रिया छ ।
मैथिली गीत–संगीतको प्रवर्द्धनमा यो गीतले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |