Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ६, मंगलबार
  • सप्तरीका चार निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी दर्ता

    २ घण्टा अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ घण्टा अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ४ घण्टा अघि

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ४ घण्टा अघि

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ४ घण्टा अघि

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    ६ घण्टा अघि

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    ९ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    १ दिन अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २ दिन अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ६, मंगलबार
in
FLASH NEWS
  • १सप्तरीका चार निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी दर्ता
  • २सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”
  • ३सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता
  • ४सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता
  • ५सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता
  • ६सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता
  • ७सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता
  • ८प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीका चार निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी दर्ता

  • Memo Khabar
  • २०८२ माघ ६, मंगलबार (२ घण्टा अघि)

  • राजविराज । आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि सप्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार निर्वाचन क्षेत्र नं. १ बाट १७ जना, क्षेत्र नं. २ बाट १४ जना, क्षेत्र नं. ३ बाट १९ जना र क्षेत्र नं. ४ बाट १० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    मंगलबार चारवटै निर्वाचन क्षेत्रमा रहेका निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले उत्साहपूर्वक मनोनयन दर्ता गराएका थिए। निर्वाचन क्षेत्र नं. १ का लागि कञ्चनरुप नगरपालिका, क्षेत्र नं. २ का लागि जिल्ला खेलकुद विकास समिति राजविराज, क्षेत्र नं. ३ का लागि शम्भुनाथ नगरपालिका तथा क्षेत्र नं. ४ का लागि खडक नगरपालिकामा अवस्थित निर्वाचन कार्यालयमा मनोनयन प्रक्रिया सम्पन्न भएको हो ।

    निर्वाचन क्षेत्र नं. १

    यस क्षेत्रमा नेपाली काँग्रेसका रामदेव साह, नेकपा एमालेका सुमनराज प्याकुरेल, नेपाली कम्युनिष्ट पार्टीका सागरकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी पुष्पा चौधरी, स्वाभिमान पार्टीका सुमितकुमार साह, जनमत पार्टीका डा. जयकान्त राउत, जसपा नेपालका श्यामसुन्दर सरदार, उज्यालो नेपाल पार्टीका हर्ख नारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सत्यजितकुमार झा, नेपाल जनता पार्टीका दिपेन्द्र प्रसाद यादव, नेपाल जनता संरक्षण पार्टीका खेमराज जैशी, नागरिक उन्मुक्ति पार्टीकी टिकालक्ष्मी चौधरी, राष्ट्रिय एकता दलका शम्भु प्रसाद देव तथा स्वतन्त्र उम्मेदवार संजयकुमार शर्मा, उम्दादेवी सदा, जगदेव सदा र रिजवाना खातुनले उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचन क्षेत्र नं. २

    यस क्षेत्रबाट नेपाली काँग्रेसका रामकुमार यादव, नेकपा एमालेका मो. जियाउल रहमान, नेपाली कम्युनिष्ट पार्टीका सूर्यनाथ यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जसपा नेपालका उमेशकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव, स्वाभिमान पार्टीका सतिशकुमार सिंह, नेपाल जनता पार्टीकी रञ्जु ठाकुर, जनता लोकतान्त्रिक पार्टीका बलराम प्रसाद यादव, उज्यालो नेपाल पार्टीका दिपक चौधरी, नेपाल मजदुर किसान पार्टीकी निलमकुमारी यादव, आम जनता पार्टीका सुनिलराज दास, नेपाल संघीय समाजवादी पार्टीका राजकुमार मण्डल तथा स्वतन्त्र उम्मेदवार प्रेमकुमार यादवले उम्मेदवारी दिएका छन् ।

    निर्वाचन क्षेत्र नं. ३

    यस क्षेत्रबाट नेपाली काँग्रेसका दिनेशकुमार यादव, नेकपा एमालेका ताराकान्त चौधरी, नेपाली कम्युनिष्ट पार्टीका अरुणकुमार साह, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरी, जनमत पार्टीका सुरेन्द्र शर्मा मधेशी, उज्यालो नेपाल पार्टीका परमेश्वर प्रसाद साहु, नेपाल मजदुर किसान पार्टीका प्रभु प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्देश्वर प्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीका गजेन्द्रकुमार मण्डल, आम जनता पार्टीका धनिकलाल चौधरी, बहुजन एकता पार्टी नेपालका महादेव राम, नेपाल जनता पार्टीका सन्तोषकुमार चमन तथा स्वतन्त्र उम्मेदवार कोशिला देवी पासमान, हरिनारायण पासमान, रजिया देवी यादव, सरिता कुमारी यादव, प्रभुनारायण चौधरी र दुवीलाल यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचन क्षेत्र नं. ४

    यस क्षेत्रमा नेपाली काँग्रेसका तेजुलाल चौधरी, नेकपा एमालेका बालकृष्ण चौधरी, नेपाली कम्युनिष्ट पार्टीकी रुबी कर्ण, जसपा नेपालका डा. बवी सिंह यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका सिताराम साह, नेपाल जनता पार्टीका कोशल किशोर दास, उज्यालो नेपाल पार्टीका विसो कुमार यादव, नेपाल मजदुर किसान पार्टीका रामनारायण साह तथा स्वतन्त्र उम्मेदवार सन्तोष प्रसाद सिंह र सुनिल कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

    मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेका अनुसार प्रत्यक्षतर्फका चार पदका लागि भएको उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। उम्मेदवारहरूले लाइनमा बसेर मनोनयन दर्ता गराएकाले मंगलबार रातिसम्म सबै विवरण संकलन गरिएको उनले जानकारी दिए ।

    प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी जिल्लाभर २९६ मतदान स्थल र ५६२ मतदान केन्द्र तोकिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल ४ लाख ४६ हजार ४०२ मतदाता रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    ताजा अपडेट
    १

    सप्तरीका चार निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी दर्ता

    २

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ४

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ५

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ६

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    ७

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    ८

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    ९

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १०

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution