







Memo Khabar 
राजबिराज । राजबिराजमा सञ्चालित प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेट प्रतियोगितामा राजबिराजलाई १४ रनले पराजित गर्दै महादेवा विजयी भएको छ ।
शनिबार टस जितेर पहिले ब्याटिङ गरेको महादेवाले ४६ ओभरमा सबै विकेट गुमाउँदै २११ रनको योगफल तयार गर्यो । महादेवाका लागि नितेश यादवले ७२ रनको उत्कृष्ट पारी खेले भने विकास दास (बी) ले ४४ रन र राजेश रजकले २० रन बनाए ।
बलिङतर्फ राजबिराजका निरज यादव (ए) ले ४ विकेट लिए । यस्तै शत्रुघन चौधरीले २ विकेट लिँदा पप्पु यादव (ए), अभिषेक कुमार साह र केशव रजकले समान १–१ विकेट हात पारे ।
२१२ रनको लक्ष्य पछ्याएको राजबिराज ३४ ओभरमै सबै विकेट गुमाउँदै १९७ रनमा समेटियो । राजबिराजका लागि पप्पु यादव (ए) ले ५९ रन र निरज यादवले ४५ रन बनाए ।
महादेवाका भिम यादवले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए । यस्तै नितेश यादवले २ विकेट लिँदा अशोक मेहता र धनराज मण्डलले समान १–१ विकेट लिए ।
भोली राजदेवी र शम्भुनाथ टिमबीच प्रतिस्पर्धा हुने सप्तरी क्रिकेट संघका सदस्य रोशन मण्डलले जानकारी दिएका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |