







Memo Khabar 
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत कञ्चनरुप नगरपालिका–१ वैरवामा जनमत पार्टीको आयोजनामा मंगलबार पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा सप्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. जयकान्त राउतले विभिन्न राजनीतिक दलबाट आएका स्थानीय व्यक्तिहरूलाई माला, अबिर र गम्छा लगाएर पार्टीमा प्रवेश गराए ।
नवप्रवेशीहरूले जनमत पार्टीको नीति, नेतृत्व र मधेश केन्द्रित विकास दृष्टिकोणप्रति विश्वास व्यक्त गर्दै पार्टीमा आवद्ध भएको बताएका छन्। कार्यक्रममा डा. राउतले जनताको अधिकार, सुशासन र समावेशी विकास जनमत पार्टीको प्राथमिकता रहेको बताए ।
स्थानीय तहमा देखिएको सहभागिता र समर्थनले जनमत पार्टीप्रति जनविश्वास बढ्दै गएको संकेत दिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सकिल अली, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बीरेन्द्र माझी लगायत जनमत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |