Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २३, शुक्रबार
  • सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २३ घण्टा अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २३ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २ दिन अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २३, शुक्रबार
in
FLASH NEWS
  • १सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • २युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ३उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ४पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ५विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ६मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • ७पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • ८‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

  • भूषण सिहं
  • २०८२ माघ २३, शुक्रबार (३ घण्टा अघि)

  • राजविराज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान धिसिङले देशको समृद्धि, सुशासन, भ्रष्टाचार अन्त्य र विभेदरहित समाज निर्माण पार्टीको मुख्य भिजन रहेको बताएका छन् । शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भिजन मात्रै पर्याप्त नहुने र त्यसको प्रभावकारी कार्यान्वयन नै सबैभन्दा महत्वपूर्ण पक्ष भएको स्पष्ट पारे ।

    अध्यक्ष धिसिङले वर्गीय, सामाजिक र जातीय विभेद अन्त्य गर्दै नेपालको मौलिक संस्कृति र पहिचान जोगाएर छुट्टै विकास मोडलमार्फत देशलाई समृद्ध बनाउने उज्यालो नेपाल पार्टीको लक्ष्य रहेको बताए । “भाषण, प्रतिबद्धता र घोषणापत्रले मात्र हुँदैन, परिणाम देखिने डेलिभरी आवश्यक छ,” उनले भने, “उज्यालो नेपाल पार्टीको नेतृत्व कार्यान्वयन गर्ने क्षमतामा अब्बल छ ।”

    उनले कृषि क्षेत्रमा रासायनिक मलको अभावले किसानलाई ठूलो समस्या भइरहेको उल्लेख गर्दै मल स्वदेशमै उत्पादन गर्नुपर्नेमा जोड दिए । हाइड्रोपावर प्रयोग गरेर पानीबाट हाइड्रोजन उत्पादन गरी अमोनिया र युरिया बनाउन सकिने सम्भावना रहेको बताउँदै उनले नेपालका जलस्रोतलाई खानेपानी, ऊर्जादेखि हाइड्रोजन उत्पादनसम्म प्रयोग गरी समृद्धिको आधार बनाउन सकिने बताए ।

    पर्यटन र कृषिलाई रोजगारी सिर्जनाका प्रमुख क्षेत्रको रूपमा उल्लेख गर्दै अध्यक्ष धिसिङले सप्तरी जिल्लाको पहिचान परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । “सप्तरीमा लगानी गर्न गाह्रो छ भन्ने छवि तोड्नुपर्छ,” उनले भने, “यसलाई पर्यटकीय, कृषि उत्पादनशील र लगानीमैत्री जिल्लाका रूपमा स्थापित गर्नुपर्छ।” यसका लागि सञ्चार माध्यमले सकारात्मक पहिचान निर्माणमा भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

    अध्यक्ष धिसिङले राम राजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । औद्योगिक विकासतर्फ ध्यानाकर्षण गराउँदै उनले सप्तरीको पुरानो गजेन्द्र नारायण सिहं औद्योगिक क्षेत्रलाई व्यवस्थित र आधुनिकीकरण गर्नुपर्ने बताए । पार्टी सरकारमा आएपछि औद्योगिक क्षेत्र तत्काल व्यवस्थापन गरी उद्योग भित्र्याएर स्थानीय युवालाई रोजगारी दिने प्रतिबद्धता उनले व्यक्त गरे ।

    शिक्षा क्षेत्रमा तराईका धेरै जिल्लामा सामुदायिक विद्यालयको अवस्था नाजुक रहेको उल्लेख गर्दै अध्यक्ष धिसिङले शैक्षिक गुणस्तर सुधार अत्यावश्यक भएको बताए । कम पास दरले विद्यार्थी विदेश पलायन बढाएको भन्दै उनले सामुदायिक विद्यालयमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने धारणा राखे । साथै, शिक्षा कलेज तहसम्म निशुल्क र गुणस्तरीय बनाउनुपर्ने उज्यालो नेपाल पार्टीको नीति रहेको बताए ।

    स्वास्थ्य क्षेत्रबारे बोल्दै उनले गाउँ–गाउँमा स्वास्थ्य चौकी भए पनि जनशक्ति अभावका कारण सेवा प्रभावकारी नभएको बताए । स्वास्थ्य र शिक्षा दुवै नागरिकले निशुल्क र सर्वसुलभ रूपमा पाउनुपर्ने पार्टीको प्रतिबद्धता रहेको उनले स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ताजा अपडेट
    १

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ४

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ५

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ६

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ७

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ८

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ९

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    १०

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    समाचार
    थप

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution