







Memo Khabar 
राजविराज, १४ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सप्तरीको कंचनरुप नगरपालिका १२ स्थित धरमपुरमा हुने आमसभालाई सम्बोधन गर्न भोली (शनिवार) सप्तरी आउने भएका छन् ।
एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सप्तरीद्वारा धरमपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश समितिको आयोजनामा हुने मधेश प्रदेशस्तरीय चुनावी युवा दस्ता घोषणा तथा आमसभालाई नेकपा एमालेका अध्यक्ष सम्बोधन गर्ने कार्यक्रम रहेको युवा संघ नेपालका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज मनिष श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष ओली हेलिकप्टर बाट शनिबार मध्यान्ह १२ बजे कार्यक्रम स्थलमा आउने आयोजकले जनाएको छ । मेचीमाहाकाली यात्रापछि अध्यक्ष ओली सप्तरीमा पहिलो पटक आउँदै छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |