







 Memo Khabar
Memo Khabar 
 
  
 राजबिराज, १४ असोज । सप्तरीको राजविराज २ मा संचालनमा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले शुक्रबार आयोजित एक समारोहका बीच पदभार ग्रहण गरेका छन् ।
समितिका अध्यक्ष राजेश्वर प्रसाद राय, सदस्य इन्द्रदेव यादव र अनुराधा साहले पदभार ग्रहण गरेका हुन् । गत भदौ १९ गते मधेश प्रदेश सामाजिक विकास मन्त्रालयले तिनिहरुलाई समितिमा नियुक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादव, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, पूर्व जिल्ला समवन्य समितिका प्रमुख प्रभाकर यादव, राष्ट्रिय भूमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादव, जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादव लगायतले शुभकामना मन्तब्य दिएका थिए।
समितिका अध्यक्ष रायको अध्यक्षता तथा पूर्व सिंचाइ मन्त्री यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना भएको थियो ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |