







Memo Khabar 
जनकपुरधाम । पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने दिएको धम्की प्रति नेपाल फोटो पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय सचिव सौरभ यादवले आइतबार विज्ञप्ति जारी गर्दै धम्की दिने व्यक्तिलाई कानूनी दायरा ल्याउन माग गरेका छन् । गत पुस १५ गते शुक्रवार नवनिर्वाचित मधेस प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण समारोहको समाचार सङ्कलनका लागि पुगेका पत्रकार क्रान्तिलाई धनुषास्थित विदेह नगरपालिकाका प्रमुख बेचन दासले नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’ मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु भनेर धम्क्याएको दिएको भौतिक कारबाहीको धम्की दिएको विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक निकायका प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । यस्ता घटनाले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण हुने विज्ञप्तिमा ठहर गरिएको छ ।
पत्रकारलाई त्रसित र आतङ्कित बनाउने कार्यमा संलग्न प्रमुख बेचन दासलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग नेपाल फोटो पत्रकार महासंघ माग गर्दछ ।विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार क्रान्ति मधेश प्रदेशमा कार्यक्षेत्र बनाएर अनलाइन खबरडटकममा कार्यरत रहेका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |