







Memo Khabar 
राजविराज, २५ फागुन । फागुन १६ गते आगलागी बाट पीडित भएका सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नम्बर ०५ पातोका अग्निपीडित परिवारलाई धर्मी हल्फा महिला विकास क्लवले राहत सामग्री वितरण गरेका छन् ।
सहयोगी हातहरूको एउटा सानो सहयोग स्वरुप धर्मी हल्फा महिला विकास क्लब सप्तरीद्वारा डाकनेश्वरी नगरपालिका अग्निपीडित टुनी सदाको परिवारलाई राहत सामग्री बितरण गरेका हुन ।
अग्निपीडित सदाको परिवारलाई सहयोग स्वरुप त्रिपाल, झुल, तन्ना, लुगाफाटा र भाडाकुडा लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
उक्त कार्यक्रमा इलाका प्रहरी कार्यालय पातोका प्रहरी बरीष्ट नायब निरीक्षक राजेश कुमार बस्नेत, पत्रकार महेन्द्र सदा, समाजसेवी दीपेन्द्र यादव लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |