Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २०, शुक्रबार
  • आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ४ दिन अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ५ दिन अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ५ दिन अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ६ दिन अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    १ हफ्ता अघि

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    १ हफ्ता अघि

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    १ हफ्ता अघि

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    १ हफ्ता अघि

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    ३ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ३ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २०, शुक्रबार
in
FLASH NEWS
  • १आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • २राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ३डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन
  • ४मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने
  • ५सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला
  • ६मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच
  • ७उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह
  • ८मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम ‘मन्त्रालयका कर्मचारीसँगको सेटिंगमा भएको थियो सरुवा’

भुषण सिंह
 राजविराज, ११ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा र थमौतीको प्रकरण रोचक देखिएको छ ।

बुधवार दिउँसो मात्रै उक्त गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार यादवको ठाउँमा जिल्ला समन्वय समिति सप्तरीबाट नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आएका ललनकुमार यादवको एक सामारोहबीच पदस्थापना गरिएको थियो । पदस्थापनामा यादवलाई कुनै नेता भन्दा कम स्वागत गरिएको थिएन् । गुलाब फुलको मालाले स्वागत गरिएको यादवको उक्त मालाको नसुक्दै उनको सरुवा बदर भएको हो ।

कर्मचारी खटनपाटन कामको जिम्मेवार निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार ललन यादवको सरुवा बदर गरेको हो । यसअघि दिलिप यादवको सरुवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायमा भएको थियो । तर, मन्त्रालयका शाखा अधिकृत विवेक बिडारीले बुधवारै एक पत्र माफ्र्त दिलिप यादवको हकमा साबिककै निकायमा यथावत गरिएको जानकारी अनुसार स्वतः ललन यादवको पदस्थपाना बदर हुन पुगेको छ ।

श्रोतका अनुसार छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन ललन यादवले मन्त्रालयका एक कर्मचारीसँगको सेटिंगमा मिलाउन सफल भएका थिए । उनी विगतमा सप्तरीको रुपनी गाउँपालिकाहुँदै विष्णुपुर गाउँपालिकामा पनि सेटिंगकै आधारमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन सफल भएका थिए । तर, नयाँ जनप्रतिनिधिले उनले विगतमा गरेको कार्यसम्पादनसँग असन्तुष्टी जनाउँदै अन्यत्र सरुवा गराएका थिए । त्यसपछि उनको सरुवा जिसस सप्तरीमा भएको थियो ।

अहिले पुनः राजनीति असन्तुष्टीकै कारण केही महिना अघि मात्रै छिन्नमस्तामा प्रमुख भएर आएका दिलिप यादवलाई हटाउँदै ललन यादवलाई जिम्मेवारी दिएपछि एक दिनमै उनलाई हटाउँदै दिलिप यादवलाई नै प्रमुख प्रशासकीय अधिकृतमा थमौती गरिएको हो ।


मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
आमसञ्चार प्राधिकरण दार्ता नं.
      म.प्र.०००८/०७८/०७९
स्थायी लेखा नं. ६१०३०३१९९
[email protected]
९८०४७०८८१६,९८४२९५७९११
www.memokhabar.com

सम्पादक : चन्दन कुमार यादव

समाचार संयोजक : भूषण सिह

पेजहरु

  • गृह पृष्ठ
  • सम्पर्क
  • हाम्रो गोपनियता
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • मिति कन्भर्टर
  • बिज्ञापन

सामाजिक संजाल

  • फेसबुक
  • ट्वीटर
  • ईन्स्टाग्राम
  • युटुब
© २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution