राजविराज, २२ भाद्र । “ब्यवसायीक र सिर्जनशिल प्रशासन, विकाश समृद्धी र सुशासन” भन्ने मुल नाराका साथ, निजामती सेवा दिवसको अवसरमा आज सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा कर्मचारीहरूको टोलीले अस्पतालमा उपचारार्थ भर्ना रहेका बिरामी र पोषण गृहका बालबालिका लाई फलफूल वितरण गरिएको छ ।
टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्ले, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतको सहभागिता थियो ।
यसैगरी भदौ २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार निजामती सेवा दिवस २०७९ को अवसरमा नेपाल सरकारले निजामती सेवा पुरस्कारबाट निजामती कर्मचारीहरूलाई सम्मानित गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |