सप्तरी, २९ भाद्र । तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित दशगजामा आज बिहान एक बेवारिसे शव फेला परेको छ ।
राजविराज भन्सार कार्यालय देखि अन्दाजी १ सय ५० मिटर दक्षिण तर्फ भारतको कुनौली जाने दशगजामा नाम थर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षका पहाडी मुलको जस्तो देखिने पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो ।
मृतकको लास हाल सम्म सनाखत हुन नसकेको ले पोस्टमार्टमको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षित राखिएको प्रहरी ले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |