Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ घण्टा अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १५ घण्टा अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १८ घण्टा अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २२ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    २ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • २विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ३प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ४सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ५युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ६उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ७पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ८विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / बैंक
  • ८०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • एन आई सी एसिया बैंक राजविराज शाखावाट नक्कली धितोमा २ करोड ३० लाख श्रृण निकासा

  • चन्दन यादब
  • २०७९ माघ २५, बुधबार (२ साल अघि)

  • राजबिराज,  २५  माघ । एनआईसी एसिया बैंक राजविराज शाखाले नक्कली धितो जग्गामा २ करोड ३० लाख ऋण दिएको खुलासा भएको छ । नक्कली धितो जग्गा र सो जग्गाका जग्गाधनी खडा गरी २ करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गरेको जग्गा रोक्का विवरणमा उल्लेख रहेको छ । 

    विवरण अनुसार सो धितोको जग्गाधनी राजविराज नगरपालिका –९ (तत्कालीन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई बनाइएको छ । उनको नाममा किर्ते गरी प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको जग्गाधनि प्रमाण पत्र बनाएर एनआईसी एसिया बैंक राजविराजले गत आइतवार (माघ २२) गते रोक्का नम्वर १५१२०९८० NL०००२२९० मा जग्गा रोक्का गरेको छ । 

    श्रोतकाअनुसार शाखाका प्रबन्धक सन्तोष कुमार यादव र व्यवसायी मो. समसाद खाँनले किर्ते जग्गाधनि प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनि बनाई सोही जग्गा बैंकमा धितो राखेका हुन् भने खातुनकै बुहारी एएस ट्रेडर्स एण्ड सप्लायर्सकी सञ्चालक समेत रहेकी राजविराज नगरपालिका–९ की आसमा खातुनलाई ऋण दिइएको छ । 

    प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये माघ २२ गतेदेखि २४ गतेसम्ममा २ करोड ३० लाख रुपैयाँ निकासा समेत दिइसकेका छन् भने घटना बाहिरिएसँगै प्रबन्धक यादव र व्यवसायी खाँन सम्पर्क विहिन बनेको श्रोतको भनाई छ । 

    भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले पनि प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को जग्गा नगरपालिका–८ निवासी रविन्द्र कुमार यादवको नाममा रहेको बताए । 

    ‘त्यो जग्गाको किर्ते धनि खडा गरी ऋण प्रवाह भएको कुरा मैले पनि सुनेको छु’ उनले भने, ‘प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को जग्गा नगरपालिका–८ निवासी रविन्द्र कुमार यादवको नाममा छ, ढुक्क हुनुस् ।’ 

    एनआईसी एसिया बैंक केन्द्रीय कार्यालयका असिष्टेन्ट जेनेरल म्यानेजर अर्जुन खन्यालले आफुलाई सो बारे कुनै जानकारी नरहेको भन्दै त्यसो गरेको पाइए कारवाही हुने बताए । ‘यस्तो त नर्मली हुँदैन, तर त्यस्तो भएको हो भन्ने संलग्नलाई कारवाही हुन्छ’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक पुरस्कार विनोद साफीलाई

    प्रभु बचत तथा ऋण सहकारीको १४औं वार्षिक उत्सव सम्पन्न

    प्रभु बचत तथा ऋण सहकारीको १३ औ वार्षिक साधारणसभा सम्पन्न

    ताजा अपडेट
    १

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ४

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ५

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ६

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ७

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ८

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ९

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution