राजविराज, १६ फागुन । विभिन्न लघुवित्त तथा वित्तीय संस्थाहरूबाट ऋण लिएकाहरूले सप्तरीको राजविराजमा लघुवित्त संस्थाविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
लघुवित्तहरूले निरन्तर दुख दिएको भन्दै पीडितहरूले मंगलबार र्याली निकालेर राजविराजमा विरोध प्रदर्शन गरेका हुन् ।
लघुवित्त संस्था नवसामन्तीको रुपमा स्थापित भएको आरोप लगाउँदै खारेजीको माग गरेका छन् । उनीहरूले लघुवित्तको सामूहिक ऋण मिनाहा, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्न माग गरेका छन् ।
कुनै समस्या सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने पीडितहरूको चेतावनी छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |