







Memo Khabar 
राजबिराज । सप्तरीको बलानबिहुल गाउपालिका कार्यसम्पादन तथा मुल्यांकनमा स्थानिय तहको लागि तोकिएको कार्यसम्पादनका सुचकहरू पूरा गरेको आधारमा जिल्लाकै पहिलो स्थानिय तह बनेको छ ।
प्रदेश तथा स्थानिय तहको कार्यसम्पादन मुल्यांकन भार तथा राष्ट्रिय प्राकृतिक स्रोत बित आयोग द्वारा जारी गरेको सुची अनुसार बलानबिहुलले कुल १०० अंक भारमा ५५.९ अंक प्राप्त गरी सप्तरीको १८ वटा स्थानिय तह मध्ये पहिलो स्थान प्राप्त गरेको हो ।
यसैगरी तोकिएको कार्यसम्पादन सुचक अनुसार बोदेबरसाईन नगरपालिकाले ५१.८ अंक भार ल्याई दोस्रो पालिका बनेको छ । तेस्रो स्थानमा सुरूगां नगरपालिकाले ४९.५ अंक प्राप्त गरेको छ ।
त्यस्तै चौथोमा अग्नि साईरकृष्णा संवरण गाउपालिका ४७.९ अंक, कंचनरूप नगरपालिका ४७.३ अंक हनुमाननगर कंकालनी ४७.१ अंक, खडक नगरपालिका ४६.३ अंक, महादेवा गाउपालिका ४६.१ राजगढ गाउपालिका ४६.० अंक प्राप्त गरेको छ ।
सप्तकोशी नगरपालिका ४२.२ अंक, बिष्णुपुर गाउपालिका ४१.८ अंक, शंभुनाथ नगरपालिका ३७.९ अंक, तिरहुत गाउपालिका ३७.६ अंक, राजबिराज नगरपालिका ३६.९ अंक, रूपनी गाउपालिका ३२.३ अंक, छिन्न्मस्ता गाउपालिका ३२.० अंक, डाक्नेश्वरी नगरपालिका २९.८ अंक र तिलाठी कोईलाडी गाउपालिकाले २९.० अंक प्राप्त गरी १८ औ स्थानमा रहेको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |