राजविराज । उच्च अदालत बार एसोसिएसन, राजविराजका पूर्व सचिव तथा गणेश बचत तथा ऋण सहकारी संस्था राजविराजका लेखा समिति संयोजक राजविराज – ७ निवासी अधिवक्ता विमल कुमार साहको मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएको छ ।
शुक्रबार धरान जाँदै गरेका साह सुनसरी जिल्लाको तरहरा क्षेत्र नजिकैको जंगल भागमा मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनापछि गम्भीर घाइते भएका साहको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |