







Memo Khabar 
राजविराज । बंगलादेशमा एक निर्दोष हिन्दु युवालाई झुण्ड्याएर आगो लगाई हत्या गरिएको घटनाको विरोधमा हिन्दु सेना सम्राट नेपालले राजविराजमा प्रदर्शन गरेको छ ।
आइतबार सम्राट सेनाको अगुवाइमा आयोजित प्रदर्शनमा युवाहरूले राजविराजका विभिन्न स्थानमा नाराबाजी गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही तथा फाँसीको सजाय दिन माग गरेका छन् ।
प्रदर्शनपछि आयोजित कोणसभामा बोल्ने अधिकांश वक्ताहरूले बंगलादेशमा धार्मिक अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उक्त घटनाको घोर भर्त्सना गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै युवा नेता जयराम यादवले बंगलादेशमा निर्दोष हिन्दु युवालाई रूखमा झुण्ड्याएर आगो लगाई हत्या गरिएको अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न बंगलादेश सरकारसँग माग गरिएको जानकारी दिए ।
उनले धार्मिक आधारमा हुने कुनै पनि हिंसा मानवता विरोधी अपराध भएको भन्दै अन्तर्राष्ट्रिय समुदायले समेत यसप्रति ध्यान दिनुपर्ने धारणा राखे ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |