







Memo Khabar 
राजविराज । फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधि सभा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय आज विधिवत रूपमा उद्घाटन गरिएको छ ।
राजविराज नगरपालिकाकी कावा मेयर ईसरत प्रविणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सप्तरी मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत किशोर घिमिरे, प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेल, नेपाली सेनाका सेनानी सोवित बहादुर चन्द, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख कुल चन्द नेपाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक डम्मर पुरी, निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशी तथा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवन कुमार देव लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था र मतदाता सेवालाई प्रभावकारी बनाउने उद्देश्यसहित कार्यालय आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको जनाइएको ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |