राजविराज । सप्तरीको रुपनी गाउँपालिका–२ स्थित पौवाँ टोलमा शनिबार बिहान करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ भने एक युवती घाइते भएकी छिन् ।
सिटी–रिक्सा चार्ज गर्ने क्रममा स्थानीय ४२ वर्षीय बालेश्वर खंगलाई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । श्रीमानलाई बचाउने प्रयासमा ३८ वर्षीया रामकुमारी खंगलाई समेत करेन्ट लागेपछि दुबै जनाको ज्यान गएको हो ।
दुवैलाई छुटाउन गएकी भतिजी २४ वर्षीया प्रमिलाकुमारी खंगलाई पनि करेन्ट लाग्दा टाउकोमा चोट लागेको छ ।
प्रारम्भिक अनुसन्धानमा सिटी–रिक्सा चार्ज गर्ने क्रममा विद्युतीय उपकरणमा खराबी आएर करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ।
यस दुखद घटनाले स्थानीय बासिन्दा स्तब्ध र शोकाकुल बनेका छन् । स्थानीय प्रतिनिधिहरूले परिवारप्रति समवेदना व्यक्त गर्दै सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । मृतक दम्पतीको परिवारमा दुई सन्तान छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |