राजविराज । गृह मन्त्रालयले भदौ ४ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणी (रा.प. प्रथम) का १७ जना सीडीओ तथा सह–सचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
उक्त निर्णयअनुसार सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाललाई दोलखा जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ ।
यससँगै धनकुटाका सीडीओ टुवराज पोखरेललाई सप्तरीको प्रमुख जिल्ला अधिकारी पदमा पठाइएको छ । पोखरेलले अब जिल्लामा प्रशासनिक नेतृत्व सम्हाल्नेछन् ।
गृह मन्त्रालयको यो निर्णयसँगै मुलुकका विभिन्न जिल्लामा सीडीओहरूको व्यापक हेरफेर भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |