Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १४, सोमबार
  • ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    ८ घण्टा अघि

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    १ दिन अघि

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    ३ दिन अघि

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    ३ दिन अघि

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ५ दिन अघि

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    ५ दिन अघि

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    ५ दिन अघि

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    ६ दिन अघि

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    १ हफ्ता अघि

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष १४, सोमबार
in
FLASH NEWS
  • १ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी
  • २बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा
  • ३अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित
  • ४हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द
  • ५स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी
  • ६भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद
  • ७मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान
  • ८जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / दुर्घटना
  • ६७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

  • Memo Khabar
  • २०७९ माघ १७, मंगलबार (२ साल अघि)
  • Allusive Image

    बारा, १७ माघ । मधेश प्रदेशमा सडक दुर्घटना बाट चालु आर्थिक वर्ष २०७९/८० को अर्द्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । मधेश प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा को आव २०७९/८० को अर्द्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो ।

    गत साउन- १ गतेदेखि गत पुस मसान्तसम्मका छ महिनामा सडक दुर्घटनाका दुई हजार आठ सय ७६ घटना भएका छन् । यी घटनामा चार हजार तीन सय ७१ घाइते भएका र दुई सय ८१ जनाले ज्यान गुमाएका छन ।

    पर्सामा सो अवधिमा २२ जनाको सडक दुर्घटनामा ज्यान गएको छ । गत साउनदेखि पुस मसान्तभित्र धनुषामा ४१, महोत्तरीमा ३५, सप्तरी र सर्लाहीमा ३३/३३, रौतहटमा २७ र सिरहामा २६ को ज्यान गएको छ ।

    दिनहुँ बढ्दै गएका सवारी साधनको चाप र चालकको लापर्बाही नै दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीको अनुभव छ । मानवीय क्षतिका घटनामा मोटरसाइकल दुर्घटना बढी भएका छन् । तीव्र गतिमा मोटरसाइकल चलाएको हुँदा दुर्घटनामा बढी मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

    प्रदेशभित्र आव २०७६/७७ मा एक हजार तीन सय ४०, २०७७/७८ मा तीन हजार नौ सय ८३ र २०७८/७९ मा पाँच हजार सात सय ११ सडक दुर्घटनाका घटना भए । ती घटनामा क्रमशः ४०९, ४९८ र ५७१ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

    त्यसैगरी दुर्घटनामा घाइते हुने क्रमशः १ हजार आठ सय ६७, ६ हजार चार र नौ हजार चार सय ६४ रहेको प्रतिवेदन उल्लेख छ । पछिल्ला वर्षमा दुर्घटना, घाइते र मृतक बढेका प्रतिवेदनले देखाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सघन जाँच र सचेतना कार्यक्रम बढाउँदै लगिएको जनाइएको छ ।

    प्रदेशका आठवटै जिल्लामा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर आयोजना गरिएका र यस्ता कार्यक्रममा सवारी धनी, सवारी चालक, विद्यार्थी र बाटो हिँड्ने यात्रीलाई सामेल गर्ने गरिएको प्रनाउ भण्डारी बताउनुहुन्छ । यो बाहेक राजमार्ग र सहायक मार्गमा छड्के र नियमित जाँचसँगै कारबाही पनि बढाइएको छ ।

    आव २०७६/७७ मा एक लाख ९१ हजार पाँच सय २६, आव २०७७/७८ मा दुई लाख ५९ हजार एक सय ८८ र आव २०७८/७९ मा दुई लाख ६४ हजार तीन सय १० सवारी साधन जाँचको क्रममा कारबाहीमा परेका थिए ।

    ती वर्षमा क्रमशः १२ करोड १६ लाख ६८ हजार ५००, १९ करोड १६ लाख ३७ हजार र २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरिएको विगत तथ्याङ्क छ । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    सप्तरीको चन्द्र नहरमा शव फेला, मृत्युको कारण अज्ञात

    बराहक्षेत्रबाट फर्किने क्रममा ढुंगाले लागेर सप्तरीका युवकको मृत्यु

    सप्तरीमा पत्रकारमाथि संघातिक आक्रमण, आक्रमणकारी फरार

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

    ताजा अपडेट
    १

    ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    २

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    ३

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    ४

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    ५

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ६

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    ७

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    ८

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    ९

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    १०

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    समाचार
    थप

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution