







Memo Khabar 
सप्तरी, १ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा सोमबार विहान उनको शव भेटिएको हो ।
आफ्नै सलको पासो बनाई आँपको रुखको हाँगामा झुण्डिएको अवस्थामा कञ्चनरुप-९ नयाँ बस्ती बस्ने ५८ वर्षिया शान्ता भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ ।
यता झुण्डिएको कारण खुलासा नभएपनि पति भिम बहादुर भुजेलले हामीमाथि दुई लाख सहकारी संस्थाको रिनको बोझ हुँदा ऋण तिर्न धौधौ परिरहेकोले श्रीमती शान्तालाइ मानसिक तनाव धेरै थियो, तनावकै कारण झुन्डिएकी हुन सक्ने बताए ।
झुण्डिएको मुख्य कारण थाहा हुन नसक्दा वास्तविक कारण पता लगाउन थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |