राजविराज, २९ चैत्र । प्रेस सेन्टर सप्तरी शाखाको पाँचौ जिल्ला अधिवेशनले जिल्ला समवन्य समितिको नयाँ नेतृत्व चयन गरेको छ ।
राजविराजमा बुधबार भएको अधिवेशनले जिल्ला समवन्य समितिको अध्यक्षमा दिनानाथ यादव, वरिष्ठ उपाध्यक्षमा विन्दु कुमार यादव, महिला उपाध्यक्षमा मन्जु यादव, उपाध्यक्षमा कमानन्द माझीलाइ चयन गरेको छ ।
यस्तै सचिवमा श्यामसुन्दर यादव र कोषाध्यक्षमा जितेन्द्र गुप्ता, सदस्यहरूमा जिवछ यादव, महेश कुमार यादव, दिपक चौधरी र सरस्वती कुमारी माझी चयन भएका छन् ।
सेन्टरको रिक्त रहेको पदपूर्ति गर्दै जिल्ला समवन्य समिति विस्तार गरिएको अध्यक्ष यादवले जानकारी दिए । उनले सहसचिव पछि मनोनीत गर्ने निर्णय भएको समेत जानकारी दिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |