Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २९, सोमबार
  • खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २ घण्टा अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    २ घण्टा अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ३ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ३ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २९, सोमबार
in
FLASH NEWS
  • १खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • २तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ३लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ४लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ५आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ६आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ७सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ८राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

  • चन्दन यादब
  • २०८२ मंसिर २९, सोमबार (२ घण्टा अघि)

  • सप्तरी । सप्तरीको खडक नगरपालिकामा बालबालिकाको समग्र विकासका लागि सञ्चालन गरिएको समुन्नति कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

    खडक नगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेन र सबल नेपालले सप्तरीको पश्चिमी भेगमा सञ्चालन गरेको बालबालिकाको विकासमा आधारित समुन्नति कार्यक्रम फलदायी देखिएको हो ।

    नगर कार्यक्रम सल्लाहकार समितिद्वारा गरिएको अनुगमन तथा समीक्षा बैठकका क्रममा खडक नगरपालिकाका विभिन्न वडामा सम्पन्न गतिविधिहरूको अवलोकन गरिएको थियो । शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन क्षेत्रमा गरिएको सहयोगले बालबालिकासँगै उनीहरूका परिवार र समुदायको विकासमा महत्वपूर्ण टेवा पुगेको पाइएको छ ।

    अनुगमनका क्रममा खडक नगरपालिका वडा नम्बर ५ खोजपुरस्थित स्वास्थ्य चौकी अन्तर्गत सञ्चालनमा रहेको प्रसूति गृहका लागि सबल नेपालले उपलब्ध गराएका उपकरणहरू प्रभावकारी रूपमा प्रयोग भइरहेको पाइएको छ ।

    स्वास्थ्य चौकी खोजपुरकी इन्चार्ज बिन्दु यादवका अनुसार बर्थिङ सेन्टर सञ्चालनका लागि सबल नेपालले उपलब्ध गराएको पीपी सेट, सेनिटाइजर, टायल जडान, फिट निर्माणलगायत विभिन्न उपकरणहरूको सहयोगबाट केन्द्र सञ्चालनमा आएको हो । उनले यस बर्थिङ सेन्टरमा मासिक ३ देखि ४ शिशुको जन्म हुने गरेको र नियमित सरसफाइ भइरहेको जानकारी दिइन् ।

    यद्यपि, बर्थिङ सेन्टर सञ्चालनका क्रममा स्वास्थ्यकर्मी बस्नका लागि कोठाको अभाव तथा विद्युत् व्यवस्थापन नहुँदा केही कठिनाइ भोग्नुपरेको उनले बताइन् ।

    यसैगरी, स्वास्थ्य चौकीमा सरसफाइ, गर्भवती महिलाको स्याहार तथा किशोर–किशोरीका लागि सञ्चालन गरिएका मैत्रीपूर्ण कार्यक्रमहरू प्रभावकारी रहेको खडक नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अनिता चौधरीले जानकारी दिइन् ।

    अनुगमनकै क्रममा खडक नगरपालिका वडा नम्बर १ स्थित वडा कार्यालयमा बालअधिकार संरक्षण समितिले तयार पारेको वार्षिक कार्ययोजना, समुदायमा रहेका बालबालिकालाई सामग्री वितरण, प्रशिक्षण, तालिम तथा विभिन्न क्रियाकलापबारे जानकारी लिइएको थियो ।

    वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार साहले विभिन्न विद्यालयमा बालबालिकालाई पोसाक वितरण गरिएको तथा समय–समयमा विद्यालय निरीक्षण गरी आवश्यक सहयोग गर्दै आएको जानकारी दिए । उनले समुदाय तथा विद्यालयमा बालबालिकालाई कुलतबाट जोगाउन लागुऔषध दुरुपयोग, बालश्रमलगायत विषयमा तालिममार्फत जनचेतना जगाइएको बताउँदै यसको सकारात्मक प्रभाव देखिएको बताए ।

    यसैगरी, खडक नगरपालिका वडा नम्बर ४ स्थित बागेश्वरी आधारभूत विद्यालय अमहा तथा वडा नम्बर ५ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा मर्मतसम्भार, रंगरोगन, खानेपानीका लागि फिल्टर सेट, शौचालय निर्माण तथा हरित विद्यालयका सूचक पूरा गर्न सबल नेपालले सहयोग गरेको जनाइएको छ ।

    खर्चुहिया आधारभूत विद्यालयका प्रधानाध्यापक दिनेश मण्डलका अनुसार बालविकास कक्षाका लागि सामग्री, शिक्षकहरूलाई शिक्षण–सिकाइ तालिम, शैक्षिक सामग्री तथा विभिन्न प्रशिक्षणमा समेत सहयोग गरिएको छ ।

    उक्त अनुगमनमा खडक नगरपालिका वडा सदस्य गंगाराम चौधरी, वडा नम्बर १ का अध्यक्ष राजकुमार साह, वडा नम्बर ५ का सदस्य रामबिलास मण्डल, स्वास्थ्य शाखा प्रमुख जीवनारायण साह, महिला बालकल्याण अधिकारी अनिता कुमारी साह, रोजगार शाखा प्रमुख प्रकाश चौधरी, कृषि शाखा प्रमुख राजेश चौधरी, सबल नेपालका उपाध्यक्ष भुपेश साह, फिल्ड म्यानेजर रोशन कुमार मण्डल, फिल्ड संयोजक अशोक कुमार साह, राधेश्याम राम, अनुगमन संयोजक चन्दन चौधरी, पत्रकारहरू चन्दन कुमार यादव, महेश सिंह र आशिष साहलगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    ताजा अपडेट
    १

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ३

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ४

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ५

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ७

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ८

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ९

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १०

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    समाचार
    थप

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution