







Memo Khabar 
राजविराज । सप्तरीका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू आर्थिक वर्षको असार मसान्त सकिए सँगै कोही विदेश र कोही स्वदेश मै रमाई रहेको देख्न पाइन्छ ।
आर्थिक वर्ष सकिदाँ थकाईले हो कि कमाईले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि नेपाल र भारतका ठूला ठूला सहरमा रमाएको तस्विर समाजिक संजालमा च्याप च्याप्ती देखिएका छन् ।
पालिका जनप्रतिनिधिहरू कोही भारतको दिल्ली, मेघालय, दार्जिलिङ, नेपालका काठमाण्डु, पोखरा र मुस्ताङ लगायतको ठाउँ सहितका विभिन्न धार्मिक स्थलको दर्शन गरिरहेको र रमाइरहेको तस्विर समाजिक संजाल फेसबुकमा देखिएका छन् ।
पालीकाको जनप्रतिनिधि, प्रमुख प्रसाशकिय अधिकृत सहित शाखा प्रमुखले जनताका आखाँमा छारो हाली कागजी मिलान गरि गरेको भ्रष्टाचारले प्रत्येक वर्ष महालेखा परीक्षकको कार्यालयले समेत करोडौँ बेरुजु, असुल उपर लगायतको शीर्षक देखाएका हुन्छ । स्थानीय तह अन्तर्गत स्वास्थ्य, कृषि, पशु सेवा, शिक्षा, समाजिक विकास, महिला विकास, लगायतले सर्वसाधारणका लागि जनचेतना कार्यक्रम कागज मिलानमै रकम हजम गरेको पाइएका छन् ।
पालिकाको वर्ष भरिका योजना असारमै सकिनु र हतार हतार काम गर्दा गुणस्तरहिणले पनि भ्रष्टाचार भएको प्रमाण देखिएको जानकारहरूको भनाई रहेका छन् ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |