राजविराज, १५ भाद्र । टिक टक एपमा प्रतिबन्धको सर्वत्र आवाज उठिरहेको वेला सप्तरीका युवाहरू पनि टिक टक एप बन्द अभियानमा जुटेका छन् ।
समाजमा अश्लीलता को विकृति बढिरहेको बेला युवाहरू टिक टक एप बन्द गर्नको लागी सप्तरीको राजविराजमा आज बुधवार प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रेका युवाहरूले टिक टक बन्द गर , चाइनिज एप बन्द गर, टिक टक मा अश्लीलता भिडियो बनाउनेलाई कारवाही गर, टिक टक भगाऊ आफ्नो सांस्कृतिक बचाऊ, टिक टक बन्द संघर्ष समिति जिन्दाबाद लगायतका नारासहित विरोध प्रदर्शन गरेका छन् ।
टिक टक बन्द संघर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएको टिकटक बन्द संघर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिएका छन् ।
समाजमा अश्लीलताको सीमा नाघिँदै सामाजिक सञ्जालको व्यापक दुरुपयोग हुन लागेको युवाहरूको आरोप छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |