विराटनगर, १८ भाद्र । विराटनगरमा एक १८ वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । केटा साथीसँग गफ गरेर बसिरहेका बेला युवतीलाई कुटपिट गरी सामूहिक बलात्कार गरेका हुन ।
भदौ १६ गते विहीवार राती विराटनगर कोशी अस्पताल अगाडि रहेको एक होटलमा युवती र उनको प्रेमी सहित केही साथीहरू मिली युवतीको जन्मदिन मनायो र जन्मदिन मनाइसके पछि युवतीलाई उनको केटा साथी घर पुर्याउने क्रममा विराटनगर-१४ जतुवा स्थित महतो टोल नजिकै रहको नहरमा राती ९:३० बजेको समयमा गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेका पाँच जनाको समूहले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोरङ प्रहरीले बलात्कार अभियोगमा विराटनगर-१४ का २९ वर्षीय सन्तोष मण्डललाई पक्राउ गरेको छ र अन्य चार जनाको खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |