धनुषा, १६ मंसिर । धनुषाको मिथिला बिहारी नगरपालिका-४ रमौलमा आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।
स्थानीय ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवसँग जग्गाको विषयमा विवाद हुँदा प्रभु यादवको मृत्यु भएको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका प्रभु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको छ भने कुटपिटबाट घाइते भएका हरूलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादव सहित ६ जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |