• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २४, बुधबार
  • सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    १ घण्टा अघि

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    १ दिन अघि

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    १ दिन अघि

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    १ दिन अघि

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    २ दिन अघि

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    २ दिन अघि

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ३ दिन अघि

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ४ दिन अघि

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    ४ दिन अघि

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ २४, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न
  • २ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला
  • ३सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ
  • ४सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन
  • ५विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश
  • ६विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण
  • ७सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 
  • ८मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

होमपेज / बिचार
  • ४०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सप्तरीले उपेन्द्रको योगदान बिर्से, बारावासीले स–सम्मान बोलाए

  • Memo Khabar
  • २०७९ चैत्र २२, बुधबार (२ महिना अघि)

  • विद्यानन्द राम⇒ सप्तरीलाई बौद्धिक र राजनीतिक चेतना भएको जिल्लाको रुपमा चिनिन्छ । तर अहिलेसम्मको राजनीतिक इतिहासलाई पछाडि फर्केर हेर्ने हो भने देशमै पहिलो पटक गणतन्त्रको आवाज उठाउने क्रान्तिकारी नेता स्व. रामराजा प्रसाद सिंह, सङ्गठित रुपमा मधेशको आवाज बुलन्द पार्ने स्व. गजेन्द्रनारायण सिंह, किसान आन्दोलनका नेता स्व. कृष्णराज वर्मा, तत्कालीन शान्तिपूर्ण राजनीतिमा रहँदा जयकृष्ण गोईत जस्ता धर्तीपुत्रहरुलाई चुनावी मैदानमा चिन्न भूल गरेकै हो । पछिल्लो पटक मधेशी जनताको आन, बान र शानको रुपमा स्थापित मधेश विद्रोहका कमाण्डर उपेन्द्र यादवलाई समेत चिन्न भूल मात्र होइन, ठूलै गल्ती गरेको छ सप्तरीवासीले । जुन गल्तीको मूल्य सप्तरीवासीले चुकाउनै पर्छ ।

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता, समावेशिता र आरक्षण लगायतका अधिकारहरू सुनिश्चित गराउन उपेन्द्र यादवले अहम् भूमिका निर्वाह गरेका छन् । छालाको रङ्गको आधारमा मधेशीलाई आफ्नै देशमा मर्सिया, भैया, बिहारी, धोती जस्ता शब्दले अपमानजनक व्यवहार गरिन्थ्यो । मधेशी जनता अर्थात कालो अनुहारलाई भैया, मर्सिया, मदिसे इत्यादि उपनामले अपमानित हुनु परेको थियो । तर आज २२ जिल्लाको पूर्ण मधेश नभए पनि ८ जिल्लाको मधेश स्थापित भएको छ । पहिचानको आधारमा आज मधेश प्रदेश नै बनेको छ । यो उपलब्धीलाई मधेश आन्दोलनको सफलताको एक कडीको रुपमा लिइनुपर्दछ । यहाँका जनता गर्वले मधेश प्रदेशका बासिन्दा भन्न पाएका छन् । मधेशका बाँकी जिल्लाहरूमा समेत उपेन्द्रले पहिचानवादी पक्षधरहरूलाई जोड्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।
    जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न बहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, थारू, अल्पसङ्ख्यक समुदाय, पिछडावर्ग लगायत उत्पीडित, सीमान्तकृत समुदाय, जातीहरूको शोषण, उत्पीडनबाट मुक्तिका लागि जनता समाजवादी पार्टी नेपालका अध्यक्षको रुपमा निरन्तर सङ्घर्षको मैदानमा छन् उनी । विद्यार्थी जीवनकालदेखि नै कठोर सङ्घर्ष गर्दै उनी आफ्नो जीवनमा सिद्धान्त र विचारबाट रत्तिभर विचलित भएका छैनन् ।
    उनको जन्म, शिक्षादीक्षा समेत सप्तरीमै भएकोले मातृभूमीको साइनो त छ नै सप्तरीको माटोसँग । मधेश आन्दोलनको प्रमुख केन्द्र सप्तरी नै भएकोले बढी समय दिनु स्वाभाविक नै थियो । २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीबाटै चुनाव लड्न आग्रह भएपछि उम्मेदवारी दिएर जब मैदानमा होमिए, तब धेरैको निद्रा हरायो । अत्यधिक मतले चुनाव जिते पनि । चुनावका बेला उनले जनतासँग कुनै बाचा प्रतिवद्धता गरेनन् ।
    विकासको ढोका खोले ⇔ विषम् परिस्थितिका बावजुद पनि सप्तरीको कायापलट हुने गरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दर्जनौं योजनाहरु अगाडि बढाए । पचास बेडको गजेन्द्रनारायण सिंह अ
    स्पताललाई ४ सय २० बेडको अत्याधुनिक भौतिक पूर्वाधार सम्पन्न अस्पताल बनाउनु, नर्सिङ्ग कलेज, कृषि विश्व विद्यालय, इन्जिनियरिङ्ग कलेज निर्माण, सामुदायिक विद्यालयहरुमा पक्की भवन निर्माण लगायतका कार्यहरु उनले गरे । यस्तै राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि स्थापना गर्न सफल भए । प्रतिष्ठानको डिपीआर समेत सम्पन्न भईसकेको छ । यसैगरी राजविराज चत्रपथ सडक सहित गाउँहरुसम्म पक्की बाटो पुर्याउन दर्जन बढी सडकहरुको काम अगाडि बढाएका छन् ।

    भारतको नेशनल हाइवेसँग जोड्न न्यौर–छिन्नमस्ता–राजविराज–रुपनी हुँदै गाईघाटदेखि सोलुखुम्बुु जोड्दै चाइनाको केरुङ्ग नाका जोड्ने गरी सडक सञ्जाल निर्माण गर्नमा विशेष पहलमा अगाडि बढाएका थिए । सप्तरीको समग्र विकासका लागि भिजन र मिशनका साथ शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिंचाई र रोजगारी श्रृजना गर्न उपेन्द्र यादव अगाडि बढ्दै थिए । निरन्तरको कोभिड १९ को जोखिम लगायतका समस्याहरुका बीच पनि उनले गरेको जति काम अहिलेसम्म सप्तरीको इतिहासमा कुनै मन्त्री वा सांसदले गरेको थिएनन् ।

    चौतर्फी घेराबन्दीमा परे ⇔  गत मङ्सीर ४ गतेको निर्वाचनमा चुनाव लड्न मधेश प्रदेशका लगभग सबै जिल्लाहरुबाट आग्रह भएको थियो । तर उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको आग्रहलाई नाइँ भन्न सकेनन् । जब उनी उम्मेदवारी दिएर चुनावी मैदानमा होमिए तब शुरु भयो षड्यन्त्र । अति शालिन, भद्र एवम् वौद्धिक नेता उपेन्द्र यादवको विरुद्धमा चौतर्फी घेराबन्दी शुरु भयो । स्वाभिमानी नेतालाई हराउन देशी विदेशी शक्ति त लागेको थियो नै । जातीय तथा धार्मिक लगायतका हतकण्डाहरु अपनाउने कार्य भइरह्यो । यहाँसम्म कि कतिपय आफ्नै सहकर्मीहरुले विश्वासघात गर्नसम्म पछि परेनन् ।

    नखाएको विष लागे झैं नियोजित रुपमै निष्कलङ्क वेदाग नेताविरुद्ध हदैसम्मका थरिथरिका नियोजित अफवाहहरु फैलाउने काम भईरह्यो । यहाँसम्म कि आफुलाई वुद्धिजिवी भनाउने तथा जातीय अगुवाहरु त खुलेरै ‘उपेन्द्र यादव हराउ’ अभियान चलाएर एकतावद्ध समाजमा विष वमन गर्न सक्रिय थिए । तर रतिभर विचलित भएन उनी । कुर्ता–पाइजामा, काँधमा गम्छा अनि हातमा पानी भरिएको थर्मस बोकेर जनताको घरदैलोमा पुगिरहे ।

    पटक पटकको जेलनेल, बुट र लट्ठीको कुटाई तथा थरिथरिका दुःखको अनुभूति भोगिसकेका उनी अन्ततः चौतर्फी घेराबन्दी र षड्यन्त्रका बीच पराजय व्योहोर्न बाध्य भए । नेल्सन मण्डेला झैं जीवनमा हार नमानी उनले सङ्घर्ष–यात्रा अगाडि बढाईरहे । जीत–हारले उनको राजनीतिक यात्रामा खासै महत्व नरहे पनि यतिबेला सप्तरीको चौतर्फी विकास र समृद्धिको यात्रामा विराम नै लागेको भन्नुपर्दा दुईमत नहोला । हो पनि, आज सप्तरी २ बाट उनी पुनः निर्वाचित भएको भए विकासीय कार्यहरुले थप गति लिने थियो भने नयाँ कामहरुको श्रीगणेश हुने थियो ।

    दुर्भाग्य नै भन्नुपर्दछ जुन नेताले मधेश र मधेशीको पहिचान र अधिकार स्थापित गराए तीनै नेतालाई पराजित गरियो । उनको पराजयले सङ्घीयता र पहिचानवादी पक्षधर शक्तिहरुलाई कमजोर पार्ने दुष्प्रयास भएकै हो । यतिमात्र होइन, कथित वैज्ञानिक डा. सीके राउतको नाममा हौवा फैलाएर मसिहा बनाउने काम भयो । जबकी मधेश आन्दोलन होस् वा अन्य कुनै पहिचानवादी आन्दोलन सीके राउतको कतै पनि भूमिका छैन ।

    उनी स्वतन्त्र मधेश अर्थात अलग मधेश देश बनाउने मुद्दा लिएर अगाडि बढेका थिए । प्रहरी हिरासतमा बस्नुपर्ने डरले नेपालको राजनीतिक इतिहासकै सर्वाधिक डरपोक नेता सीके राउतले रातारात नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीको चरणमा आफ्ना सम्पूर्ण मुद्दा समर्पण गरे । उनले प्रहरी दमनका पुराना भिडियोहरु प्रोजेक्टरमा देखाएर दलित एवम् विपन्न वस्तीका सोझासाझा जनतासँग ‘ईमोशनल ब्ल्याकमेलिङ्ग’ गरे । अहिले पनि बाराबासी बीच भ्रामक प्रचारबाजी गरेर ठग्ने प्रयासमा छन् उनी र उनका कार्यकर्ताहरु ।

    मुद्दा विहिन सीके राउत ⇔ मधेशको विषयमा सीके राउत नेतृत्वको जनमत पार्टीमा कुनै मुद्दा र भिजन नरहेको कुरा त पटक पटक देशकै चर्चित विष्लेशक सीकेलालले सार्वजनिक मञ्चहरुमै भन्ने गरेका छन् । उनी सङ्घीयताको विषयमा पनि प्रष्ट छैन । उनी देशी विदेशी शक्तिको गोटी मात्र हुन् । यसको पुष्टि उनकै गतिविधिहरुले समेत गरिसकेको छ । उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर लगायतका नेताहरु देशभित्रै अधिकारसम्पन्न मधेशका लागि आन्दोलन गरिरहँदा उनी मधेश देशको कुरा गरिरहेका थिए । मधेशवादी शक्तिहरु एकतावद्ध भएर चुनावमा होमिएका बेला कोठली बाहिर मतदानको कुरा गर्दै मधेशी नेता र मधेशी शक्तिहरुलाई कमजोर पार्न सारा शक्ति परिचालन गरेका थिए ।

    मधेश विरोधी सीके ⇔ मधेशका मसिहा उपेन्द्र यादव हारे पछि त सीके राउतले उनीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनी मूल शत्रु उपेन्द्रलाई मानेर मधेश विरोधी क्रियाकलापमा लागेका छन् । सीकेको लडाई त राज्यसत्तासँग हुनुपर्ने थियो । तर उनी र उनको पार्टीको लडाई उपेन्द्र यादवसँगै हो भन्ने कुरा पुष्टि भईरहेको छ ।  यस्तो तुच्छ सोचले आफूआफूमा लडेर मधेश र मधेशीलाई कमजोर पार्ने बाहेक अरु केही हुन सक्दैन । सीके र उनका कार्यकर्ताहरुको शैलीले नै पुष्टि गरिरहेको छ कि उनी देशी विदेशी प्रभुहरुको ईशारामा चलेका छन् । उनी र उनको पार्टीसँग कुनै भिजन छैन ।

    चुनाव जितेपछि उनले आफ्नो ध्यान मूल रुपमा निर्वाचित भएको जिल्ला सप्तरीको विकास र समृद्धिका लागि केन्द्रित गरी कामहरु अगाडि बढाउनुपर्ने थियो तर त्यसतर्फ उनको कुनै चासो छैन । उपेन्द्र यादवले अगाडि बढाएका कार्यहरु मात्रै सीके राउतले निगरानी एवम् परिचालन गरिदिएको भए धेरै कामहरु अगाडि बढिसकेको हुन्थ्यो । तर उनको ईगो हठले गर्दा ती कामहरु ठप्प हुन पुगेको छ । के सप्तरीवासीले उपेन्द्र यादवकै विरुद्ध प्रोपोगण्डा फैलाउन तथा मधेश र मधेशीलाई कमजोर पार्नकै लागि चुनाव जिताएर पठाएका हुन् त ? जवाफ माग्ने जिम्मा सप्तरीवासीको ।
    विकासको लहर ल्याए उपेन्द्रले ⇔ आज पचास बेडको गजेन्द्रनारायण सिंह अस्पतालमा ४ सय २० बेडको अत्याधुनिक भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ तर अहिलेसम्म बेडको अनुपातमा थप दरबन्दी स्वीकृत, सेवा सुविधा विस्तार लगायतका कार्यहरु अगाडि बढ्न सकेको छैन । अवस्था झन खस्किदै गएको छ । डिपीआर पछि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम पनि ठप्प जस्तै छ । निर्माण कार्य सम्पन्न भई नर्सिङ्ग कलेजमा पढाई शुरु हुने तयारी हुँदै थियो । त्यो पनि जस्ताको त्यस्तै छ । इन्जिनियरिङ्ग कलेज निर्माण कार्य अन्तिम चरणमा थियो । त्यसको पनि कामले पूर्णता पाउन सकेको छैन ।

    चुनावताका नै उनकै विशेष पहलमा कृषि विश्वविद्यालयमा बीएससी एजी अध्ययनका लागि भर्ना खुल्ला गरिएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई भनेर राजविराज–छिन्नमस्ता, राजविराज–भारदह, राजविराज–रुपनी लगायतका आधा दर्जन भन्दा बढी सडकहरुको निर्माण सम्बन्धी योजनामा बजेट राख्न लगाएका थिए । ती सडकहरुको टेण्डर भईसकेर दुई लेनदेखि चार लेनको पक्की सडक (कालोपत्रे) हुन लागेको छ । बाँकी योजनाहरुमा भने पूर्ण विराम नै लागेको छ । यतिबेला सप्तरीवासीलाई उपेन्द्र यादवको अभाव खट्किरहेको छ र आगामी दिनमा समेत खट्कि नै रहने छ । त्यतिबेला नियोजित रुपमा फैलाईएको प्रोपोगन्डामा विश्वास गरेका सप्तरी २ का मतदाताहरुलाई अब पश्चाताप गर्नु बाहेको विकल्प छैन । यहाँ हिन्दीको मुहावरा उपयुक्त होला ‘अब पछताए होत क्या जब चिडिया चुग गई खेत…..।
    बारामा मधेशका मण्डेला उपेन्द्र⇔जसरी नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा रङ्गभेदी, जातीभेदी नेतृत्व विरुद्ध अनवरत लडेका थिए । त्यसरी नै छालाको रङ्ग, बोली, भाषा र पहिरनको आधारमा गरिँदै आएको विभेद र असमानता विरुद्ध सङ्घर्ष गर्दैआएका नेता उपेन्द्र यादव बारा २ बाट चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । प्रतिनिधिसभामा सङ्घीयता र धर्मनिरपेक्षता विरोधीहरु सलबलाउन थालेकोले मधेशी जनताको बलिदानीबाट स्थापित सङ्घीयता तथा मधेशी जनताको स्वाभिमान रक्षाका लागि बाराका आमजनताले आग्रह गरेर ससम्मान चुनावी मैदानमा उनलाई ल्याएका छन् ।

    विदेशी शक्तिको गोटी बनेका मधेश विरोधीहरु आमजनतामा उपेन्द्र यादवको योगदानबारे भ्रम फैलाईरहँदा बाराका जनताले हज्जारौं जनमानसका बीच बाजागाजाका साथ स्वागत गरेका छन् । मधेशको पहिचान स्थापित गराउने आफ्ना नेतालाई हर्षोल्लासका साथ चुनावी प्रतिष्पर्धामा उम्मेदवारी दिन लगाएका छन् । उपेन्द्र यादव मधेश र मधेशीको आन, बान र शान भएकोले मधेशको आवाजलाई बुलन्द पार्न मधेश नायकलाई दुई तिहाई भन्दा बढी मत अन्तरले जिताएर प्रतिनिधिसभामा पठाउने सङ्कल्प लिएका छन् । मधेशको भावी सन्ततिको भविष्य र बाराको समग्र विकास सुनिश्चित गर्न उपेन्द्र यादव बाहेक अर्को विकल्प छैन । उनी कुरा हैन, काममा विश्वास गर्छन् ।

    सप्तरी २ का जनताले विभिन्न षड्यन्त्रमा परि मधेशका गौरव उपेन्द्र यादवलाई पराजित गराएर आफ्नै खुट्टामा आफै बञ्चरो हानेका छन् । सप्तरीले अनमोल रत्नलाई चिन्न ठूलो भूल गरे भने बाराबासीले स–सम्मान स्वागत गरे । जसरी राम वनवासबाट फर्केर आउँदा अयोध्यावासीले स्वागत गरेका थिए त्यसरी नै बारावासीले स्वागत गरेर मिशाल कायम गरेका छन् । सप्तरीको मुहार फेर्न मिशन र भिजनका साथ काम गर्दैआएका जसपा अध्यक्ष उपेन्द्र यादवको अबको गन्तब्य स्वाभाविक रुपमा बारा बनेको छ ।  

    बारा २ का महान जनताले सिङ्गो पहिचानवादी आन्दोलनमा उचाइ थपेका छन् । यद्यपी चुनौती त अब थपिएको छ । बाराबासीलाई भ्रमित पार्न सामाजिक सञ्जालका साथै भ्रम छर्न सक्रिय हुँदैछ सीके र उनका समर्थकहरु । सामाजिक सद्भाव एवम् एकतामा विष घोल्नेहरुलाई  बाराबासीले मुहतोड जवाफ दिनु जरुरी छ । जसपा अध्यक्ष उपेन्द्र यादव व्यापक मतान्तरले विजयी भई बारा २ बाट  जनप्रतिनिधिको रुपमा निर्वाचित भई प्रतिनिधिसभामा पुनः मधेशी, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक, पिछडावर्ग लगायत पछाडि पारिएका जाति एवम् समुदायको आवाज बुलन्द गरोस् भनी हाम्रो तर्फबाट शुभकामना ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नव वर्ष, सिरुवा र सलहेश

    सामाजिक जीवन में मर्यादा जरुरी

    सपनाको नगर

    संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन।

    यदि तपाई सफलता चाहनुहुन्छ भने महात्मा बुद्धका वचनहरु पालन गर्नुहोस्

    ताजा अपडेट
    १

    सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    २

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    ३

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    ४

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    ५

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    ६

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    ७

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ८

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ९

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    १०

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    समाचार
    थप

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    राष्ट्रपति बाट नागरिकता विधेयक प्रमाणीकरण

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution