Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २३, सोमबार
  • राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ७ घण्टा अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    २ दिन अघि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    २ दिन अघि

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ३ दिन अघि

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १ हफ्ता अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    १ हफ्ता अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    १ हफ्ता अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १ हफ्ता अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २३, सोमबार
in
FLASH NEWS
  • १राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
  • २नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि
  • ३परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण
  • ४शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
  • ५विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य
  • ६आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • ७राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ८डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ३१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • जितिया पर्वको लागि नुहाउन, पूजापाठ गर्न असिया प्यालेस द्वारा पोखरीको घेरबेर

  • चन्दन यादब
  • २०८१ आश्विन ७, सोमबार (९ महिना अघि)

  • राजबिराज ।  सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व मिथिला क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबार देखि विधिवत् रूपमा सुरु भएको हो ।

    सो अवसरमा राजबिराज स्थित असिया पार्टी प्यालेसले व्रतालुहरूको लागी झलही पोखरीमा नुहाउन र पूजापाठ गर्न व्यवस्था मिलाएको छ ।

    पोखरीको चार वटै डिलमा महिलाहरूको लागि सुरक्षित रूपमा नुहाउन कपडाले घेरबेर सँगै महिलाहरूको लागी ड्रेसिङ रूम समेत व्यवस्थापन गरेको आशिया पार्टी प्यालेसका संचालक मो. अकबर हुसेनले बताए ।

    उनले भने एक आपसमा भाइचारा, सदभाव, कायमको लागि महिला दिदी बहिनीहरूको जितिया पर्वलाई भव्य रूपमा सफल बनाउन झलही पोखरीको सरसफाइ सँगै पोखरी भित्र रहेको अनावश्यक फोहोर हटाउन चुना प्रयोग गरी सरसफाइ कार्य गरेको संचालक हुसेन बताए ।

    असिया पार्टी प्यालेसले जितिया र छठ पर्वको अवसरमा प्रत्येक वर्ष झलही पोखरीको सरसफाइ तथा घेरबेर गर्दै आएको  छ । यता महिलाले सोमबार पोखरी, तलाउ, जलाशयमा नुवाइधुवाई गरी औपचारिक रूपमा व्रतको सुरुवात गरेका छन् ।  मधेशका विशेषगरी थारू र मैथिली समुदायले विशेष महत्त्वका साथ यो पर्व मनाउने गर्छन् ।

    थारू जातिका आमाहरूले आआफ्ना सन्तानको दीर्घायु एवं मङ्गलमय कामनाका लागि मनाउने गर्छन् । मङ्गलबार बिहान ओठगन अर्थात् दही, च्यूरा, चिनी, केरा, मिठाई इत्यादि जिमुतवाहनलाई चढाएर प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ। यस वर्ष मङ्गलवार  दिनभरि र बुधबार ५ बजेसम्म उपवास बस्नुपर्ने समय निर्धारण गरिएको छ ।

    यो पर्वमा लामो उपवास बस्नुपर्ने भएकाले व्रत सुरु हुनुभन्दा केही समयअघि इच्छाअनुसार खानाको विभिन्न परिकार बनाएर खाने गरिन्छ । पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने कठोर विधान रहेको बताइन्छ । विशेष श्रद्धाभक्ति तथा निष्ठापूर्वक मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु महिलाहरूले पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गर्नुका साथै घेराको पातमा खली र तेल चढाउने गरिन्छ ।

    सोही दिन राति १२ बजेको समयपछि बिहानको समयमा व्रतालु महिलाहरूले आँगनमा घेराको पातमा दही, चिउरा, चिनी, केरा आदि फलफूलसमेतको प्रसाद ‘जिमुतवाहन’लाई चढाउने गर्छन् । प्रसाद ग्रहण गरेपछि परिवारका बालबालिकाका साथै सम्पूर्ण सदस्यहरू दही च्युरा, मिठाई, फलफूललगायतका भोजन गर्ने गर्छन् ।

    मध्यरातपछिको समयमा ग्रहण गरिने खानेकुरालाई ‘ओटघन’ भनिन्छ। लामो निराहारपछि व्रतको तेस्रो दिन अर्थात् नवमीका दिन बिहान पोखरी तलाउमा गई दही, केरा आदिको प्रसाद चढाएर विधिवत् रूपमा पर्वको बिदाइ गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    विकास होइन देखावा : नेताहरूको शिलान्यासमै बढि ध्यान, जनताको पीडा अनदेखी

    सप्तरीमा शिलान्यासको लहर : विकासका सपना, तर शिलान्यासपछि कामको अनिश्चितता

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    ताजा अपडेट
    १

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    २

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ३

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ४

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ५

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ६

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ७

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ८

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ९

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १०

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution