राजबिराज । सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले स्वास्थ्य सेवामा लापरबाहीका गुनासाहरू बढ्दै गएपछि गजेन्द्र नारायण सिंह अस्पतालमा मंगलबार आकस्मिक निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा अस्पतालमा दरबन्दी १०१ जना कर्मचारीमध्ये २५ जना पोशाक विहीन अवस्थामा उपस्थित रहेका थिए, जबकि बाँकी ९७ जना विभिन्न बहानामा करार ज्यालादारी गरेर अनुपस्थित रहेको पाइएको छ । साथै, अस्पतालले करार तथा ज्यालादारी कर्मचारीहरू मार्फत सेवा सञ्चालन गरिरहेको जिल्ला प्रशासन कार्यालयका ना.सु सजीव कुमार साहले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी दाहालले अस्पताल प्रशासनलाई सेवामा अनुशासन र जिम्मेवारीका साथ लाग्न निर्देशन दिँदै तोकिएको समयमा हाजिर नभएका कर्मचारीमाथि कानुनी कारबाही हुने चेतावनी दिनुभएको छ ।
साथै, अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न कडाइका साथ अनुगमन गरिने बताउनुभयो । निर्माणधीन भवन पटक पटक म्याद थप्दा पनि हालसम्म सञ्चालन नआएकोले सहरी सदन कार्यालय सप्तरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ठेकेदार कम्पनी लाई तत्कालै भवनका अधुरा काम सम्पन्न गर्न आवश्यक पहल गर्ने बताए ।
प्रजिअ दाहालले स्थानीय प्रशासनले सर्वसाधारणको स्वास्थ्य अधिकारको रक्षा गर्दै उत्तरदायी शासन प्रणालीलाई सुदृढ बनाउन थप आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |