







चन्दन यादब 
राजबिराज । अपांगता र लैंगिक हिंसामा परेकाहरूलाई न्यायसम्मत सेवा र पहुँच सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
आइतवार राजबिराज नगरपालिकास्थित सभाहलमा सीबिएम, मुक्ती नेपाल र नेपाल अपांग महिला संघद्वारा आयोजित “समावेशी शासन, स्वतन्त्रताको प्रवर्द्धन तथा अपांगता भएका महिला र किशोर–किशोरीका लागि रूपान्तरीत वातावरण” सम्बन्धी परिचयात्मक कार्यक्रममा वक्ताहरूले अपांगता र हिंसामा परेकालाई प्रभावकारी न्यायिक पहुँच दिलाउन राज्यका संयन्त्रहरू सक्रिय हुन आवश्यक रहेको बताए ।
मधेश प्रदेशका अपांगता भएका महिला तथा किशोर–किशोरीलाई न्यायमा पहुँच दिलाउने उद्देश्यले राजबिराज नगरपालिका सहित जिल्लाका चार पालिकामा सचेतनामूलक, सहयोग र क्षमता अभिवृद्धिमूलक कार्यक्रम सञ्चालन हुने जानकारी मुक्ती नेपालका कार्यकारी निर्देशक श्यामकुमारी साहले दिइन् ।
उनका अनुसार राजबिराज नगरपालिका, तिलाठी–कोइलाडी गाउँपालिका, छिनमस्ता गाउँपालिका र महादेवा गाउँपालिकामा अपांगता भएका महिला तथा किशोर–किशोरीमा आत्मविश्वास अभिवृद्धि, न्यायिक संयन्त्रसँग समन्वय, सरोकारवालामा अधिकारबारे चेतना विस्तार जस्ता गतिविधि सञ्चालन गरिनेछ ।
हिंसामा परेका, पछाडि पारिएका महिला तथा सिमान्तकृत समुदायका व्यक्तिहरूलाई न्यायमा पहुँच सुनिश्चित गर्न वकालत र पैरवी गर्दै आएको मुक्ती नेपालका जिल्ला अधिकृत शान्ताकुमारी सिंहले यी कार्यक्रममा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा राजबिराज नगरपालिका कार्यवाहक उपप्रमुख इसरत परविन, वडा नं. १२ का अध्यक्ष रामचन्द्र यादव, वडा नं. १५ का अध्यक्ष ओमप्रकाश साह, कार्यपालिका सदस्य सोनी रजक, मञ्जु रजक, ललिता कर्ण, महिला तथा महिला–बालबालिका शाखाका अधिकृत अनिता चौधरी र कल्पना देव, सहयोगी समाजका रामप्रकाश चौधरी, महिला अधिकारकर्मी अनिता देवकोटा, एकद्वार संकट व्यवस्थापन केन्द्र राजबिराजका सम्पर्क व्यक्ति मनिषा सिम्खडा, नेपाल अपांग महिला संघकी मूल्यांकन अधिकृत कुसुम पौडेल, अधिवक्ता ड
कार्यक्रममा राजबिराज नगरपालिका कार्यवाहक उपप्रमुख इसरत परविन, वडा नं. १२ का अध्यक्ष रामचन्द्र यादव, वडा नं. १५ का अध्यक्ष ओमप्रकाश साह, कार्यपालिका सदस्य सोनी रजक, मञ्जु रजक, ललिता कर्ण, महिला तथा महिला–बालबालिका शाखाका अधिकृत अनिता चौधरी र कल्पना देव, सहयोगी समाजका रामप्रकाश चौधरी, महिला अधिकारकर्मी अनिता देवकोटा, एकद्वार संकट व्यवस्थापन केन्द्र राजबिराजका सम्पर्क व्यक्ति मनिषा सिम्खडा, नेपाल अपांग महिला संघकी मूल्यांकन अधिकृत कुसुम पौडेल, अधिवक्ता डोमन साह, युवा सञ्जाल अध्यक्ष त्रिवेणी यादवलगायतले सुझाव राखेका थिए ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |