







चन्दन यादब 
राजविराज । सप्तरी क्रिकेट संघको आयोजनामा तथा सबल नेपालको सहकार्यमा राजविराजमा सञ्चालन भइरहेको मैत्रीपूर्ण महिला क्रिकेट सिरिज अन्तर्गत सप्तरीले काठमाण्डौलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ ।
यस जितसँगै तीन खेलको सिरिजमा दुवै टोलीले एक–एक खेल जित्दै सिरिज बराबरीमा पुगेको छ ।
सोमबार सम्पन्न दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौ टोली १४ ओभर ३ बलमै सबै विकेट गुमाउँदै ६९ रनमा सीमित रह्यो । काठमाण्डौका लागि यासु पाण्डेले सर्वाधिक १६ रन बनाइन् भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सप्तरीका बलरहरूको कसीलो बलिङका कारण काठमाण्डौका ब्याटरहरू दबाबमा परे र ठूलो स्कोर बनाउन असफल भए । सप्तरीतर्फ बन्दना रजक र दिपा रामले समान २–२ विकेट लिए भने साक्षी यादव, सचिता यादव र सुस्मिता यादवले समान १–१ विकेट हात पारे ।
जवाफमा सप्तरी महिला क्रिकेट टोलीले ११ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गर्यो । साक्षी यादव र सुस्मिता यादवबीचको अविजित ४७ रनको साझेदारीले सप्तरीको जित सुनिश्चित गर्यो ।
काठमाण्डौतर्फ यासु पाण्डेले २ विकेट लिइन् भने दुई खेलाडी रनआउट भएका थिए । खेलको ‘प्लेयर अफ दि म्याच’ साक्षी यादव घोषित



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |