काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमती जुटेको बताउनु भएको छ।जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताएका हुन् । उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि पारित गर्न सरकार सहमत भएको बताएका छन।
नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ । उनले भने, ‘सहमती भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानून ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ । त्यसैले पुरानो, जसमा विवाद छ, त्यसलाई फिर्ता गर्ने । सहमतीवाला विधेयक ल्याएर संसद बाट पास गरेर जन्मसिद्ध नागरिकको सन्तानहरुको समस्यालाई समाधान गर्नेतर्फ काम अगाडी बढाउने कुरा भएको छ ।
संसदमा छिट्टै नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउन गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवद्धता जनाएको बताए ।।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |