Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ७, बुधबार
  • सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९ घण्टा अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १0 घण्टा अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    १३ घण्टा अघि

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    १५ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    १ दिन अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २ दिन अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ७, बुधबार
in
FLASH NEWS
  • १सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता
  • २सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”
  • ३सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता
  • ४सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता
  • ५सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता
  • ६सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता
  • ७सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता
  • ८प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ७४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • २१ वर्षअघि नेपाली क्रिकेटले गुमाएको एसिया कप यसपाली खेल्ने सपनाको उडान पूरा हुने

  • चन्दन यादब
  • २०८० बैशाख २६, मंगलबार (२ साल अघि)

  • राजविराज । नेपाल क्रिकेट टोलीले २१ बर्षअघि गुमाएको एसिया कप यसपाली नेपालको सपना साकार हुने भएको छ। एसिसी प्रिमियर कपमा युएईलाई पराजित गर्दै उपाधी माथि कब्जा गरेपछि नेपाल सिधै एसिया कप खेल्ने सपना पूरा हुने भएको छ ।

    एशिया कपमा नेपाली टोलीले भारत र पाकिस्तानजस्ता शक्तिशाली टोलीसँग खेल्ने अवसर पाउने भएको छ । सन, २००२ मा मलेशियालाई २५ रनले पराजित गर्दै नेपालले फाइनलमा प्रवेश पायो अनि पहिलो पटक एशिया कपको लागि छनोट भयो । त्यति बेला एसीसी ट्रफीका शीर्ष दुई टोली एशिया कपमा छनोट हुने प्रावधान थियो ।

    फाइनलमा यूएईसँग छ विकेटले हारे पनि नेपालले त्यसअघि नै विजयोत्सव मनाइसकेको थियो । सिंगापुरमा आयोजित एसिसी ट्रफी क्रिकेट प्रतियोगिता ०५९ मा उपबिजेता नेपाली टोलीलाई नेपाल सरकारले बधाई ज्ञापन कार्यक्रमको आयोजना गरिएको थियो, तत्कालिन टोलीका सहायक प्रशिक्षक राजकुमार दास बताउछन, त्यतीवेला सप्तरीवाट सहायक प्रशिक्षकमा राजकुमार दास, टोलीका सदस्यमा दिपेन्द्र चौधरी र महबुव आलम सहित पुर्वान्चलवाट ९ जनाले प्रतिनिधित्व गरेका थिए ।

    अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको छ वर्षमै नेपालले अत्यन्तै ठूलो उपलब्धि हात पारेको थियो । यो सफलतापछि नेपाली क्रिकेटप्रेमीहरू निकै हर्षित भएका थिए ।नेपाल क्रिकेट सङ्घका तत्कालीन उपाध्यक्ष श्रीहर्ष कोइराला नेपाली टोलीका प्रबन्धक थिए । उनले सिङ्गापुरमै टोलीलाई एउटा पार्टी दिए । नेपाल आउँदा नेपाली टोलीको प्रतिष्ठा ह्वात्तै बढेको अनुभूति खेलाडीहरूले गरेछन् ।

    वास्तवमा त्यति बेलासम्म अहिलेको जस्तो नेपाली क्रिकेट टोलीको त्यति ठूलो चर्चा थिएन । तर सिङ्गापुरबाट फर्किएपछि खेलाडीहरूले नसोचेको सम्मान पाए । सन् २०२३ मा फेरि नेपाली क्रिकेट टोलीले एशिया कपमा प्रवेश पाएको छ ।

    सुन्धाराको एउटा पसलले बोलाएर खेलाडीहरूलाई शर्ट र पाइन्ट उपहार दियो ।त्यसपछि आआफ्ना जिल्लामा खेलाडीहरूले सम्मान र स्वागत पाए । बीअर उत्पादन गर्ने काठमाण्डूस्थित एउटा पाँचतारे होटलमा एउटा कार्यक्रम आयोजना गर्दै प्रत्येक खेलाडीलाई १०/१० हजार नगद रुपैयाँ पुरस्कारसहित सम्मान गर्‍यो ।

    त्यति बेला खेलाडीहरूले पाएको त्यो रकम निकै ठूलो थियो,  त्यति धेरै पैसा पनि मैले होटलमा खसाएछु। सम्मानमा आएका नायक राजेश हमालले देखेछन् र मलाई दिए। झन्डै हराएको,  सञ्जम रेग्मी भन्छन् ।

    अहिले जस्तो सरकारले नगद दिने चलन त्यो बेला कहाँ थियो ररु तर हामीलाई याद छ प्रधानमन्त्रीले बधाई दिन सबै खेलाडीहरूलाई बालुवाटारमा भने बोलाउनुभएको थियो । त्यति बेलाका राष्ट्रिय टोलीका कप्तान राजु खड्कालाई सोधिने प्रश्न यस्तो हुन्थ्यो , सचिन तेन्दुलकरले त हरेक बलमा छक्का हान्छन् होला हैरुू  शोएब अख्तरको बल कसरी झेल्नुहुन्छरु बाउन्सर आयो भने के गर्ने  ।

    खड्का हाँस्दै जबाफ दिन्थे, नक डाउनु गरिदिने नि। तर नतिजा जे भए पनि वीर गोर्खाली तरिकाले खेलिन्छ । त्यति बेला भारतीय टोलीमा विश्वविख्यात खेलाडीहरू तेन्दुलकर, राहुल द्रविड, वीरेन्द्र सेहवाग आदि थिए ।

    श्रीलङ्कामा मुथैया मुरलिधरन र पाकिस्तानमा शोएब अख्तरजस्ता बलर थिए ।नेपाली क्रिकेट सङ्घ त भर्खरै संस्थागत हुँदै थियो। संस्थामा पर्याप्त बजेट थिएन।खेलाडीहरूमा अभाव नै अभाव थियो। न सामग्री ढङ्गको हुन्थ्यो न सुविधा।

    श्रीलङ्काली प्रशिक्षक रोय डायस नेपाली टोली सम्हाल्न आएका थिए। कीर्तिपुर मैदानमा पनि सुविधा थपिने क्रममै थियो । यस्तो टोलीले एकै पटक भारत, पाकिस्तान र श्रीलङ्काजस्ता टेस्ट राष्ट्रसँग खेल्न लागेको थियो। खेलाडीहरू अचम्मको अनुभूति गरिरहेका थिए । खड्का भन्छन् ,  हामी उत्साहित पनि थियौँ। मनमा खुसी पनि थियो, सँगसँगै डर पनि थियो । राजु खड्काको नेतृत्वमा रहेको नेपाली टोलीमा त्यति बेला परेश लोहनी उपकप्तान थिए । मेहबुब आलम र विनोद दास प्रमुख बलर थिए भने स्पिनको जिम्मा सञ्जम रेग्मी, शक्ति गौचन र राजकुमार प्रधानको काँधमा थियो ।

    अन्य खेलाडीहरूमा वरदान चालिसे, दीपेन्द्र चौधरी, मञ्जित श्रेष्ठ, मनोज कटुवाल, गणेश शाही, लाक्पा लामा थिए । टोलीको व्यवस्थापक श्रीहर्ष कोइराला थिए भने सहायक व्यवस्थापक रणबहादुर बम थिए । त्यस्तै मुख्य प्रशिक्षक रोय डायस थिए भने सहायक प्रशिक्षक राजकुमार दास थिए । यसपालिको एशिया कप पाकिस्तानमा हुन लागेको छ ।

    भारत र पाकिस्तानबीच विद्यमान द्वन्द्वका कारण एशिया कप फेरि पनि प्रभावित हुने हो कि र कतै नेपालले फेरि एशिया कप खेल्ने अवसरबाट वञ्चित हुने हो कि भन्ने डर बढेको छ । आयोजक पाकिस्तानमा गएर नखेल्ने भारतको घोषणा र त्यसपछि  न्यूट्रल भेन्यूु अर्थात् तटस्थ मैदानमा भारतको खेल खेलाउने विकल्पबारे पनि अहिलेसम्म सहमति जुट्न नसकेको खबरहरू सार्वजनिक भएका छन् ।

    प्रतियोगिता नै रद्द हुनेसम्मको चर्चा चलिरहेको छ  नेपाल छनोट भएकै बेला मात्र यस्तो किन हुन्छरुू नेपाली क्रिकेटप्रेमीहरू चिन्तित देखिएका छन् । तर प्रतियोगिता हुने आधारहरू भने धेरै देखिन्छ । क्रिकेटको ठूलो आर्थिक बजार तलमाथि पर्न सक्ने भएकोले प्रतियोगिता नै रद्द हुन नसक्ने विश्वास धेरैमा छ ।

    भारतले पाकिस्तानलाई छोडेर बाँकी पाँच राष्ट्रबीच नयाँ प्रतियोगिता गर्ने प्रस्ताव गरेको खबर पनि छ । नेपालको हकमा एशिया कपको ठूलो महत्त्व छ । अहिलेको नेपाली राष्ट्रिय टोली सन् २००२ जस्तो कमजोर छैन। यो सशक्त छ र विश्वक्रिकेटमा नयाँ सफलतातिर अग्रसर देखिन्छ । नेपाल क्रिकेटका कतिपय पदाधिकारीहरूका अनुसार ‘एशिया कप होस् वा अर्को नयाँ प्रतियोगिता, नेपालको सहभागिता भने पक्कै हुने छ ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ताजा अपडेट
    १

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    २

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ४

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ५

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ६

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    ७

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    ८

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    ९

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १०

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution